१६ सहसचिव माग्दा ४२० को आवेदन, अन्तर्वार्ताका लागि छानिए यी ४२ (नामावलीसहित)

लोकसेवा आयोगले सहसचिव तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले आन्तरिक प्रतिष्प्रर्धाका आधारमा लिइएको न्याय सेवा,सरकारी वकिल,कानुन,लेखापरीक्षण,प्रशासन समूहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

Advertisement 1

577-16653_न्याय,_सरकारी_वकिल,_आ.प्र. (1)
आयोगले न्याय सेवा सरकारी वकिल समूहबाट १ जनाका लागि विज्ञापन खुलाउँदा ३९ जना लिखित परीक्षामा सम्मिलित भएकामध्ये अन्तर्वार्ताका लागि ८ जना छनौंट भएका छन् । यस्तै लेखापरीक्षण समूहबाट २ जनाका लागि विज्ञापन खोलिएकोमा लिखित परीक्षामा सम्मिलित १६ जनामध्येबाट ५ जना अन्तर्वार्ताका लागि छनौंट भएका आयोगले जनाएको छ ।

578-16654_प्रशासन_आ.प्र.
आयोगले प्रकाशन गरेको नतिजा अनुसार, प्रशासन सेवाबाट १० जनाका लागि विज्ञापन खुलाइदा लिखित परीक्षामा सम्मिलित २४८ जनामध्येबाट १४ जना अन्तर्वार्ताका लागि छनौंट भएका छन् । यस्तै कानुन सेवातर्फबाट १ जनाका लागि विज्ञापन खोलिएकोमा लिखित परीक्षामा सम्मिलित ३९ जनामध्येबाट ६ जना,न्याय सेवा सरकारी वकिल समूहबाट १ जना माग भएकोमा लिखित परीक्षामा सम्मिलित ३९ जनामध्येबाट अन्तर्वार्ताका लागि छनौंट भएका ८ जना र न्याय सेवा न्याय समूहतर्फबाट १ जनाका लागि विज्ञापन खोलिएकोमा लिखित परीक्षमा सम्मिलित ३९ जनामध्येबाट अन्तर्वार्ताका लागि ३ जना छनौंट भएको लोकसेवाले प्रकाशन गरिएको नतिजामा उल्लेख गरिएको छ ।

Advertisement 2

579-16655_लेखापरीक्षण_आ.प्र.
आयोगले विभिन्न सेवा समूहबाट गरी १६ जना सहसचिवका लागि विज्ञापन खोल्दा लिखित परीक्षामा सम्मिलित ४२० जना लिखित परीक्षामा सम्मिलित भएकामध्ये अन्तर्वार्ताका लागि ४२ जना छनौट भएका छन् ।

576-16652_न्याय,_कानून,_आ.प्र. 575-16651_न्याय_आ.प्र.
प्रकाशित :२०७८ माघ १२, बुधबार ०७:१५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry