‘च्याप्टर क्लोज’ भइसकेको दुई दिन बिदाको प्रस्ताव फेरि क्याविनेटमा

आपूर्ति मन्त्रालयले यस अघि नै च्याप्टर क्लोज भइसकेको दुई दिन बिदाको प्रस्ताव फेरि मन्त्रिपरिषद्मा पठाएको छ । बढ्दो पेट्रोलियम पदार्थको खपत र घाटालाई न्यूनिकरण गर्न भन्दै आपूर्ति मन्त्रालयले इन्धन खर्च घटाउनका लागि भन्दै आधा दर्जन प्रस्ताव क्याविनेटमा पठाएको हो जहाँ सातामा दुई दिन बिदा दिनेदेखि कर्मचारीदेखि मन्त्रीहरुको इन्धन सुविधामा २५ प्रतिशत कटौती गर्ने प्रस्ताव समावेश गरिएको छ ।
सरकारले यस अघि जेठ पहिलो सातादेखि सातामा दुई दिन शनिवार र आइतबार बिदा दिएको थियो । तर चर्काे विरोध पछि सरकार तीन सातामै आफ्नो निर्णयबाट ब्याक भएको थियो ।

Advertisement 1

यस पटक सर्वसाधरणलाई कुनै पनि हिसाबले सास्ती नहुने गरी सातामा दुई दिन बिदा दिन प्रस्ताव अघि बढाइएको उद्योग,बाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतले जनाएको छ । मन्त्रालयका ती अधिकारीका अनुसार कार्यालय सञ्चालन ६ दिन नै गरे पनि कर्मचारीलाई सातामा ५ दिन मात्र काममा बोलाउने प्रस्ताव अघि बढाइएको छ । कार्यालय सातामा ६ दिन नै खोल्ने तर कर्मचारीलाई आलो पालो गरी सातामा ५ दिनमात्र काममा लगाउने गरी प्रस्ताब क्याविनेटमा पठाइएको ती अधिकारीले जनाएका छन् ।

यस्तै सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने प्रस्ताव पनि क्याविनेटमा पठाइएको छ । यस्तै कर्मचारीदेखि मन्त्रीसम्मको इन्धन सुविधामा कम्तिमा २५ प्रतिशतले कटौती गर्ने प्रस्ताव समेत समावेश गरिएको छ ।

प्रकाशित :२०७९ श्रावण ४, बुधबार १५:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry