गाउँ गाउँमा पुगेर अस्पताल व्यवस्थापनमा रमाएका गोसाई
अञ्जनकुमार हिमाली
Advertisement 1
कर्णाली प्रदेश, रुकुम पश्चिम चौरजहारी नगरपालिका १ मा जन्मिएका धर्मराज गोसाई परिवारका कान्छा छोरा । बुवा रण बहादुर र आमा बिर्माको कोखबाट जन्मिएका उनका बुवा आमा नै कृषि कर्ममा ।
प्राथमिक शिक्षा गाउँकै नाखिरा प्रा. वि.मा र चारदेखि आठ कक्षासम्म शितल मा. वि.चौरजहारीबाट हासिल गरे । यस्तै ९ र १० कक्षा भने जाजरकोट खलंगाको त्रिभुवन माविबाट भएको थियो । सो समयमा एस. एल. सी. पास गर्ने जिल्लाकै ५ जना मध्येका एक हुन धर्मराज । सो समयमा एस.एल.सी. पछि सजिलै जागिर भेटिन्थ्यो । करिब ६ महिना गणित बिषयको शिक्षक बने । त्यसपछि पूल्चोक इन्जीनियरिङ्ग कलेज काठमाण्डौंमा सिभिल इन्जिनियरिङ विषयको अध्ययन गरे । गाउँको स्कूलमा अध्यापन गरेको अनुभवले काठमाण्डौंमा पढाई खर्च व्यवस्थापनको लागि होम ट्यूसन गर्न सहज बन्यो । सिभिल इन्जिनियरिङ बिषयको अध्ययन पश्चात केहि समय जाजरकोट प्राबिधिक कार्यालयमा काम गरे ।
दोष भेग, क्षेत्र , बर्ग समुदाय वा लिङ्गलाई होइन दोष त आफ्नो क्षमता लगनशीलता र आत्माबिश्वश प्रति हुनुपर्ने रहेछ । साँचैं भेगको थाप्लोमा कर्मको रेखा कोरेको भए आज धर्मराज गोसाइँ जीवन खोज्न खाडी मुलुकको कुना कप्चेरामा भौतारिरहेका हुन्थे होलान् । तर लगनशील भइ गरेको मेहनत ले आज रुकुम पश्चिम्को एउटा ठिटोको भाग्य बदलिएको छ चर्चा को शिखर मा छ सबै को आखाको नानी बनेको छ ।
Advertisement 2
प्रगति मुल मन्त्र भनेकै हरेस नखानु हो । जिन्दगीमा आएका अनेकौं हुण्डरीका बाबजुद पनि कहिले लत नछाडेकै कारण प्रगतिको शिखर चुम्न सफल प्रेरणादायी पात्र हुन धर्मराज गोसाइँ । कर्णाली प्रदेशको रुकुम पश्चिमको चौरजहारी नगरपालिका-१ का रणबहादुर गोसाइँ र बिर्मा गोसाइँका पाँच भाइ छोरा र दुई छोरी मध्ये कान्छा हुन धर्मराज गोसाइँ । ठुलो परिबार कृषिमा आधारित सकस पुर्ण गाउँले जिन्दगी । दुखै गरेर भएपनि कान्छोलाई पढाएर ठुलो मान्छे बनाउने परिवारको सपना । स्कुलले पढाई सकाएर इन्जिनियरिङ तिर मन मोडियो । पोखरा हुँदै काठमाडौं झरे त्रिभुवन बिश्वबिद्यालयबाट जनप्रशासन, शैक्षिक प्रशासन र सामाजिक बिज्ञानको अध्ययन सकाए । अलइन्डिया इन्स्टिच्युट अफ म्यानेजमेन्टको दुरशिक्षा कार्यक्रम अन्तर्गत अस्पताल ब्यवस्थापनमा पोष्ट ग्राजुयट डिग्री, रणनैतिक योजना र ब्यवस्थापन, एसियन हेल्थ रिसर्च नेटवर्क ढाकाबाट जनस्वास्थ्य र अनुसन्धान, अन्तराष्ट्रिय तालिम तथा ब्यवस्थापन बिषयमा दर्जनौ तालिम प्राप्त गरे ।
Advertisement 3
स्कुलले जीवनको प्रारम्भ त गाउँकै नाखिरा प्रावि, चारदेखि आठ कक्षा शितल मावि चौरजहारीमा र नौ र दश कक्षा जाजरकोट खलंगाको त्रिभुवन माविबाट गरेका गोसाइँ, जिल्लामा जम्मा पाँच जना मात्रैले एसएलसी पास गर्दा पर्ने भाग्यमानी मध्येका थिए ।
एसएलसी गर्ने बित्तिकै केही समय गाउँकै हाई स्कूलमा गणित बिषयको शिक्षक बने । सिभिल इन्जिनियरिङ सके लगत्तै जाजरकोट प्राविधिक कार्यालयमा काम गरे । काम गर्ने सिलसिलामा जिल्लाका अधिकांश स्थलमा पुगे ।
वि।सं २०४५ सालमा गएको भुकम्प पश्चात पूर्ननिर्माण आयोजना शुरु भयो । गोसाइँ सो आयोजनाको नियुक्ति लिएर संखुवासभा जिल्लामा पुर्ननिर्माणको लागि एकबर्ष काम गरे । २०५२ सालतिर खिम्ती प्रोजेक्टमा काम गर्दै गर्दा उनको गाउँमा टिम नेपाल नामक गैरसरकारी संस्थाले १५ शैयाको जिवित नदी स्वास्थ्य सेवा मिसन अस्पताल निर्माण गर्दै थियो ।
अस्पतालको निर्माण कार्य सम्पन्नपछि अस्पताल प्रशासक केभिन मकमरीले अस्पताल प्रशासक बन्न गरेको आग्रहलाई अस्वीकार गर्न सकेनन् । चौरजहारी अस्पतालमा केही बर्ष त्यस अस्पतालमा काम गरेपछि पब्लिक रिलेसन अफिसरको भूमिकामा मिसन अस्पताल पाल्पा, ओखलढुङगा, चौरजहारी, डडेलधुरा हुँदै लमजुङ सामुदायिक अस्पतालको निर्देशक बन्न पुगेका गोसाइँले लम्जुङ बस्दा निकै नाजुक र घाटामा रहेको अस्पताललाई जुरुक्क माथि उचाले । सबै राजनीतिक दल पब्लिकदेखि लिएर जिल्लाका सबै कार्यालयसगको सुमधुर समन्वयकारी भुमिकाले पपुलर बनेका गोसाइँले अस्पताल ब्यबस्थापनमा स्नातकोत्तर गरेपछि लमजुङ अस्पतालमामा निर्देशक बन्न पुगेका उनले त्यहाँ दुईबर्ष गरे । पब्लिक प्राइभेट पार्टनरसिपको अवधारणमा सञ्चालन गरिएको उक्त अस्पताल बिश्व स्वास्थ्य संगठनको तत्कालीन प्रतिबेदनमा नेपाल कै उत्कृष्ट तथा नमूना अस्पतालको सूचीमा पर्न सफल भएको थियो ।
दुईबर्षको लमजुङ बसाइँपछि हिमालयन हेल्थ केयर नामको अन्तराष्ट्रिय संस्थाद्धारा संचालित इलाम सामुदायिक अस्पतालको निर्देशक तथा परामर्श दाताको रुपमा एकबर्ष काम गरे। रुकुम को एउटा कुनामा जन्मिहुर्केको ठिटोले छोटो अबधि मै अध्ययन सगै जागीरको अथाह अनुभव बटुले ।
२०७४ मा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्देशकको पदमा नियुक्तिसगै भयो । अस्पताल ब्यवस्थापन समितिको सदस्य सचिबको जिम्मेवारी निर्वाह गरे ।
हाल नेपाल भारत मैत्री हस्पिटलको प्रमुख कार्यकारी अधिकृत गोसाइँ सय शैया टर्सरी लेभलको प्राइभेट अस्पतालको ब्यवस्थापनकाृ नेतृत्व गर्छन । अस्पतालले बिशेषज्ञ सेवा र चिकित्सा शिक्षाको क्षेत्रमा काम गर्ने रणनैतिक योजना निर्माण र कार्यन्वयन भइरहेको छ । बिशेषज्ञ चिकित्सकको कमी भएको नेपालमा अस्पताल ब्यवस्थापन पद्धति परिमार्जन गरेमा जनताले बिशेषज्ञ सेवा सर्बसुलभ तरिकाले प्राप्त गर्न सक्ने भएता पनि स्वास्थ्य सेवालाई पूर्ण रुपमा सरकारी वा स्वास्थ्य बिमाको कभरेज बिस्तार गर्नुको विकल्प नरहेको गोसाइँको तर्क छ।