मनकारी तीन युवा :- जस्को सक्रियाले मृत्युको मुखमा पुगेकी सुत्केरी सरुले पाइन जीवन


रसुवाका तीन युवाको सक्रियता र पहलमा एक सुत्केरी मृत्युको मुखबाट बचेर जीवनदान पाएकी छिन् । जिल्लाको कालिका गाउँपालिका वडा नं ५ को सरु पौडेलको सुत्केरी गराउने क्रममा एक्कासी प्रेसर बढ्यो । उनको दुवै मृगौला काम नलाग्ने अबस्थामा पुग्यो । नवजात १० दिने शिशुको समेत जीवन जोडिएको बिषय थियो यो ।

Advertisement 1

मध्यम बर्गीय परिवारको सरुको सरकारी अस्पतालमा उपचार गर्न खोजियो तर आइसियु उपलव्ध भएन् । हतास र निराश मानसिकतामा सरु पौडेललाई अस्पतालबाट घर लग्नुपर्ने अवस्था आयो । ग्रामीण अस्पताल जिबजिबेका उत्सब पौडेलहरुले परामर्श दिए अनि कालिका गाउँपालिकाको अध्यक्ष सीता पौडेलहरुको सहयोगमा उनलाई उपचारका लागि पसन काठमाडौं ल्याइयो । सरकारी अस्पतालमा उपचार सम्भव नभए पछि पुर्याइयो मंहगो ग्राण्डी अस्पतालमा । त्यहाँ त पुर्याइयो तर उपचार खर्चको अभाव टड्कियो ।


यही पछि रसुवाका तीन युवा सन्दिप पौडेल,बसन्त भट्ट र निरज पौडेलहरु सक्रिय भए र सरु धमला पौडेल बचाऊ अभियान चलाए । माघ १३ गतेदेखि । एक हप्ताकै बीचमा अभियानमा देश विदेशमा रहेका धेरै मनकारीहरु हेलिए ।

Advertisement 2

यही अभियानमा हेलिए कांग्रेसका महासमिति सदस्य हरिकृष्ण देककोटादेखि व्यवसायी दीपक पौडेलसम्म एक पछि अर्काेको साथ र सहयोगका कारण केही आर्थिक संकलन जोहो सम्भव भयो र सम्भव भयो मृत्युको मुखमा पुगेकी सरुको उपचार प्रक्रिया ।

भन्छन नै संसारको सबैभन्दा पुण्य कर्म नै परोपकार हो ।
सरु पौडेलको पीडालाई आफ्नै परिवार,आफन्तजनको पीडा ठानेर भौतिक र आर्थिकरुपमा सहयोग जुट्न थाल्यो ।झण्डै २२ लाख २५ हजार रकम मनकारीहरुबाट संकलन भएकोमा ग्राण्डी अस्पतालमा बिरामी उपचार खर्च ५ लाख १५ हजार ९३०,त्रिशुली अस्पतालदेखि ग्रिनसिटी अस्पतालमा राखेर उपचार गर्दा भएको खर्च ३ लाख ५६ हजार र बाँकी तीन लाख विरामीको थप उपचार र बच्चाको भबिष्यको लागि छुट्टाइएको अभियानका सक्रियमध्ये एक सन्दिप पौडेलले जनाएका छन् ।अर्काे अभियन्ता बसन्त भट्टका अनुसार बाँकी बचेको दश लाख ५३ हजारको एउटा अक्षय कोष स्थापना गर्ने र उपचार खर्च अभावमा जीवन,मृत्युको दोसाँधमा पुगेकाहरुको लागि खर्च गरिने छ ।

Advertisement 3

प्रकाशित :२०७७ माघ २३, शुक्रबार ०५:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry