घुस्याहा इन्जिनियर सत्यालको अस्वाभाविक सम्पत्ति

एक जना घुस्याहा कर्मचारीको सम्पत्ति देखेर अख्तियार दुरुपयोग अनुसन्धान आयागकै कर्मचारीहरु अचम्मित भएका छन् ।

Advertisement 1

अख्तियारको टोली इन्जिनियर नवराज सत्यालको सम्पत्ति देखेर अचम्ममा परेका हुन । अस्तिमात्र अख्तियारको टोलीले इञ्जिनियर सत्यालसहित प्लम्बर बखतबहादुर थापालाई २८ लाख घुससहित पक्राउ गरेको थियो ।

उनीहरुले इन्छिनगाउँ लिफ्ट खानेपानी आयोजनाको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कामको भुक्तानीका लागि उनीहरुले घुस मागेका थिए । पक्राउ गरेर डेरामा खानतालासी गर्दा थप नौ लाख ३० हजार आयोगले बरामद गरेको थियो । इन्जिनियर सत्यालले सो रकमको स्रोत खुलाउन सकेका छैनन् ।

Advertisement 2

अख्तियारको टोलीले इन्जिनियर सत्याल र प्लम्बरलाई मन्थली नगरपालिका १ स्थित खानेपानी कार्यालयको क्वार्टरबाट पक्राउ गरेको थियो ।

रामेछापस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय नं ३ का इञ्जिनियर र प्लम्बर बखतबहादुर थापालाई अख्तियार केन्द्रीय कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो।

Advertisement 3

उनीहरुको साथबाट १६ लाख रुपैयाँ नगद र १२ लाख रुपैयाँको चेक गरी २८ लाख रुपैयाँ बरामद गरिएकोमा खानतलासीको क्रममा थप ९ लाख ३० हजार रुपैयाँ स्रोत नखुलेको रकम भेटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
अख्तियारका अधिकारीका अनुसार आठौं तहका कर्मचारी सत्याल २०५५ सालमा सरकारी सेवामा प्रबेश गरेका हुन् । पक्राउ परेका सत्यालको बिलासी र हाइफाइ जिन्दगी देखिन्छ । उनको घाँटीमा ५ तोलाको सुनको सिक्री, हातमा ४ तोलाको सुनको औँठी र आइफोन १४ प्रो मोबाइल लगायतका मंहगा र बिलासी सामानका अलवा यो अवधिमा भक्तपुरमा करोडौंको बंगला ठडाएका छन् । यस्तै निजी गाडी समेत रहेको सो सम्पत्ति बारे पनि छानबिन गरिने अख्तियारले जनाएको छ ।

प्रकाशित :२०७९ कार्तिक ४, शुक्रबार १०:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry