पर्सि सचिवहरुको हेरफेर, गृहमा अर्याल, निर्वाचनमा अधिकारीको चर्चा

सरकारले एक दर्जन बढी सचिव र झण्डै पाँच दर्जन सह सचिवहरुको सरुवा प्रक्रिया थालेको छ ।प्रतिनिधिसभा विघटन गरेर बैशाख १७ र २७ गतेलाई निर्वाचको मिति घोषणा गरेको सरकारले ठूलो संख्यामा सचिवहरुको सरुवा गर्न लागेको छ ।

Advertisement 1

सरकारले निर्वाचनलाई सहयोग पुग्ने गरी सचिव र सह–सचिवको सरुवा गर्न लागेको हो ।सरुवा हुने सचिव र सह–सचिवको विवरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद्को बैठकमा पेश गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका पठाइसकेको मन्त्रालय स्रोतले जनाएको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार १५ सचिव र ६० जना सह सचिवहरुको सरुवा गर्ने तयारी हुँदैछ ।भोलि बिहीबार बस्ने मन्त्रिपरिषद बैठकले एक दर्जन बढी सचिवको जिम्मेवारी हेरफेर गर्ने सम्भावना रहेको स्रोतले बताएको छ ।

गृह सचिव महेश्वर न्यौपाने, उर्जा, जलस्रोत तथा सिंचाई सचिव दिनेश घिमिरे, सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव सुर्य गौतम, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव तोयम राय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्याल, लोक सेवा आयोगका सचिव अर्जुन पोखरेललगायत अन्य सचिवको पनि अन्य मन्त्रालय र निकायमा सरुवा हुन लागेको जनाइएको छ ।गृह मन्त्रालयमा एकनारायण अर्याल र निर्वाचन आयोगमा सुरेश अधिकारीको सम्भावना छ ।
संघीय मामिला तथा सामान्य मन्त्रालयको सचिव रहेका अर्याललाई कलकत्ताको महावाणिज्यदूत, काठमाण्डौ महानगरपालिकाको कार्यकारी अधिकृत हुँदै गत असोजमा मात्र दुई दिनलाई पर्यटन मन्त्रालयमा सरुवा गरिएको थियो । सामान्यमा पुगेको चार महिना नपुग्दै उनलाई गृहमा लैजाने तयारी गरिएको बताइन्छ ।

Advertisement 2

यता,प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासंगै सञ्चार र सामान्य प्रशासन मन्त्रालयमा काम गरेका अधिकारी हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छन् । थपलियाकै रुचिअनुसार उनलाई निर्वाचन आयोगमा लैजाने तयारी गरिएको स्रोतले बतायो ।

अख्तियारमा भने राष्ट्रपति कार्यालयका सचिव डा. हरि पौडेल र श्रम मन्त्रालयका तोयम रायमध्ये एक जनाको सम्भावना रहेको बताइन्छ ।

Advertisement 3

त्यस्तै,एक वर्ष कार्यकाल पूरा गर्ने गृहका महेश्वर न्यौपाने,निर्वाचन आयोगकी देवकुमारी गुरागाई, राष्ट्रिय योजना आयोगका केवल भण्डारी,प्रधानमन्त्री कार्यालयका महेन्द्र गुरागाई र तिर्थराज ढकाल पनि सरुवाको सूचीमा रहेको उक्त स्रोतको दाबी छ ।

प्रकाशित :२०७७ माघ १३, मंगलवार १९:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry