अख्तियारले अधिकारी र दावाबीचको संवादको ‘कल डिटेल्स’ मागेर अनुसन्धान गर्ने
६० किलो सुन तस्करीका मुख्य योजनाकारमध्येका एक दावा छिरिङसँग अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीको कनेक्सन देखिएपछि संवादको बारेमा पनि विस्तृत अध्ययन गर्ने भएको छ ।
Advertisement 1
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुन तस्करी प्रकरणमा मुछिएका अध्यागमन विभागका तत्कालीन महानिर्देशक अधिकारीसहितका कर्मचारीमाथि विस्तृत अनुसन्धान गर्ने निर्णय गरिसकेको हो । त्यसका लागि अनुसन्धान अधिकृत नै तोकेर अनुसन्धान थालिसकेको अख्तियार स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार अख्तियारले अधिकारीले दावासँग गरेका विभिन्न व्यावसायिक डिल तथा अन्य आर्थिक सम्बन्धका बारेमा छानबिन थालेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गरिरहेको सुनको अनुसन्धानमा तस्करीका नाइके दावा छिरिङ र गृह मन्त्रालयको सबैभन्दा महत्वपूर्ण र संवेदनशील मानिने अध्यागमन विभागका महानिर्देशक अधिकारीबीच सुन तस्करीको पूर्वसूचना आदान–प्रदान र रकम लेनदेनमा व्यापक कुराकानी र संवाद भएको प्रमाण फेला परेको हो ।
Advertisement 2
सीआईबीले फेला पारेको तथ्यअनुसार महानिर्देशक अधिकारी र दावाबीच पानी तान्ने मोटर, त्यसको प्याकेजिङ आयात र आदानप्रदानको कुराकानी मात्रै भएको छैन, ठूलो बिजनेस सञ्चालन गर्ने त्यसो गर्दा ठूलो रकम आउने कुरासमेत भएको देखिन्छ । सुन तस्करीको छानबिन गर्ने क्रममा ती मेसिनहरु बरामद भएको थियो ।
यस्तो छ दावा अधिकारीबीचको संवाद
दावा: ‘नमस्ते’
झलकराम: ‘नमस्ते’ ‘हाउ आर यु’ ?
दावा: ‘एभ्रिथिङ गुड, थ्यांक्यु दाइ ।’
त्यसको अर्को दिन
Advertisement 3
झलकराम: दावालाई एउटा फोटो पठाउँछन् । पानी तान्ने मोटरको फोटो पठाउँछन्,
दावा: ‘ओके’ भन्छन् ।
दावा : ‘दिस नम्बर इज अल्सो माइ नम्बर’ भन्दै नम्बर पठाउँछन् ।
झलकरामले म्यासेज सिन गर्छन् । त्यसपछि उनीहरुको त्यही फोन नम्बरमा फोन संवाद शुरु भएको अनुसन्धानमा देखिन्छ ।
त्यसको भोलिपल्ट दावाले फेरि ‘दाइ कन्ग्राचुलेसन’ भन्दै ‘स्याम्पेन’ सहितको म्यासेज पठाउँछन् ।
यो म्यासेज पनि झलकरामले हेर्छन् ।
त्यसको एक सातामा फेरि झलकलाई दावाले ‘दाइ नमस्ते, आई ह्याभ गुड बिजनेस फर यु भन्छन् ।
लगत्तै दावाले झलकलाई अर्को म्यासेज पठाउँछन् । यो म्यासेजमा, ‘भेरी बिग अमाउन्ट क्यास, आइ नो भेरी वेल’ अर्थात् धेरै ठूलो पैसाको काम हो, मलाई राम्रोसँग थाहा छ । लगत्तै ‘निड टु टल्क विथ यु’ अर्थात् तपाईंसँग कुरा गर्नु छ ।