साथीको चक्कर, केटीसँग टक्कर

साथीको पछि लाग्दा आज जीवन उजाड भयो । साथीका लागि ज्यान बाजी राख्ने उनलाई आज आफ्नो ज्यान कहाँ छ थाहा छैन । सम्झेर रुन्छन् तर बगेको खोलो फर्केर कहाँ आउँछ ? साथीको कारणले हुँदाखाँदाको सरकारी नोकरी छाड्नुप¥यो । साथीकै कारण घरपरिवार र समाजबाट अपहेलित मात्र भइएन, घर–समाज नै त्याग्नुप¥यो । खै कसले सुन्ने उनको पीर, व्यथा ? कसलाई सुनाउने ? नखाएको विष साथीले खुवाइदिएपछि उनी आज एक्लो ज्यान घिसार्दै पलपल मरेर बाँचिरहेछन् । भन्छन्, ‘मैले गल्ती गरेकै छैन भनेर बयानमा पनि भनें तर साथीले हामी सबैले हो भन्यो । त्यसपछि जीवन उराठ बन्यो ।’
Advertisement 1
नैनसिंह (नाम परिवर्तन) महर । स्थायी घर बाजुरा । हालको बसाइ बालुवाखानी, बूढानीलकण्ठ नगरपालिका । २०६८ सालमा सेनामा भर्ती भए । प्लस टु सकेलगत्तै सेना भएका नैनसिंका बुवा पनि आर्मीका भूपू मेजर । बुवाको चाहना नैनसिंह उच्च आहोदामा पुगोस् भन्ने थियो । प्रारम्भिक छनोट चरणपश्चात् बुवाकै सोर्सफोर्समा सेनामा भर्ती भएका थिए । बुवा छोराले आफ्नोभन्दा माथिल्लो तक्मा भिरेकोको हेर्न चाहन्थे । जेठो दाइलाई पनि बुवाले कैयौँँपटक सेना बनाउन खोजे तर मानेनन् । दाइले सेना बन्न इन्कार गरेपछि बुवाको रहर नैनसिंहले पूरा गरिदिएका थिए ।
दुई सन्तानसहित ४ जनाको परिवार सुखी थियो । दशैँ बिदाबाहेक अरुबेला पनि कहिलेकाही नैनसिं छुट्टीमा घर आउँथे । दुई चार दिन बसेर आमाको आशिर्वाद लिई जान्थे । नैनसिंप्रति बुवाको आशा अथाह थियो । जेठोले बुवाको कुरा नमाने पनि कान्छो छोरोले बिँडो थामेकामा बुवा औधी खुशी थिए । ‘अब चाँडै मेजर भएस्’ भनेर घरबाट निस्कने बेला आशिष दिन्थे उनका बुवा । पतिले आशिर्वाद दिँदा श्रीमती गर्वले छोराको अनुहार हेर्थे । कान्छो छोरोको कारण घर, परिवार आँैधी रमाइरहेको थियो ।
तर, आज त्यो सुखी परिवार छिन्नभिन्न छ । घरका पाखा, पखेरा बाँझा छन् । कोही खेत अधियाँ दिइएको छ । थोरै खेतबारी सकी नसकी बुवाआमाले जोत्दै, खन्दै छन् । परिवारको आशाको केन्द्र नैनसिंह आज घर, परिवार र समाजबाट मुख लुकाएर टाढा बस्नुपरेको छ । नैनसिंलाई घर जान मन छ तर कुन मुख लिएर जाने ? न उनी अब लागेको दाग मेटाउन सक्छन् न त आफू निर्दाेष हुँ नै भन्न सक्छन् ? लागेको दाग मेटाउने कुनै विकल्प छैन । भन्छन्, ‘अब एउटै विकल्प छ, सास रहुञ्जेल सास तान्ने, जीवन धान्ने ।’
Advertisement 2
कुरो हो ८ वर्षअघिको । नेपाल–भारत सीमानजिक ड्युटीमा खटिएका थिए । साथी विकास पनि सँगै थिए । ड्युटीमा दुबैको भेट मोहनसँग भयो । मोहन झापाका । साथीसँग सजिलै घुलमिल हुने उनको स्वभाव । परेको बेला सहयोग पनि गर्ने । त्यही बानीले मोहनसँग नैनसिंह र विकास चाँडो घुलमिल भएका थिए । मोहनको पूर्वकै केटीसँग गाउँमै छँदादेखि मायाप्रेम बसेको रहेछ । मोहन भर्तीमा लागेपछि पनि पटकपटक भेट हुँदै आएको थियो । केटीसँग मोहनलाई भेट गराउन ल्याउने नैनसिंह र विकास नै हुन्थे । झापाबाट केटी मोहनलाई भेट्न शुक्रबार राति आउँथी, आइतबार फर्कन्थी ।
त्यसदिन पनि केटीलाई भेट्न मोहनसँगै नैनसिंह र विकास पनि गए । आफूहरू बजार घुम्छु भन्दा पनि मोहनले ‘कहाँ मलाई एक्लै छाडेर जाने कुरा गर्छाैँ, एक घण्टाको कुरा न हो’ भनेर होटेलै लिएर गए । होटेलमा केटीसँग मोहनको एक घन्टा लामो भेट भयो । त्यतिञ्जेल नैनसिंह र विकास होटेलको एक छेउमा बसे । भेट गरिवरी तीनै जना क्याम्प छिर्नै लाग्दा प्रहरी आएर उनीहरूलाई हत्कडी लगाउन खोज्यो तर ड्युटीमा खटिएका आफ्ना केटालाई मेजरले हतकडी लगाउन दिएनन् । र, प्रहरी फिर्ता गए । पछि बुझ्दा केटीले जबर्जस्तीकरणी मुद्दा हालिछन् तीनै जनाविरुद्ध । त्यसपछि मेजरले तीनै जनालाई ग्राउण्डको भुइँमा लगेर कुखुरा बनाए ।
सेनामा गल्ती नै गरे पनि कारबाही भएपछि केही खुुकुलो हुने हुनाले जबर्जस्तीकरणी मुद्दामा केही सहज भयो । दुई वर्ष मुद्दा चल्यो । सैनिक अदालतले अन्तमा तीनै जना आरोपीले केटीलाई जागिरबाट आएको आधी रकम दिनुपर्ने फैसला सुनायो । जागिर खानु र नखानुमा भिन्नता नपाएपछि नैनसिंह र विकास राति नै गेटबाट हामफाले । पुसमा खाली खुट्टा र एकसरो लुगा लगाएर भागेका उनीहरू चार महिना भारतमा लुके । कुल्ली काम गरे, घरपरिवारबाट टाढा रहे ।
Advertisement 3
उता घरमा ३५ दिनसम्म लिन सेना धायो । समय कटेपछि जागिरबाट बर्खास्त हुन्छ भन्ने थाहा थियो । चार महिनापछि घर फर्किए । समाजमा बसी नसक्नु भयो । ‘फलानाको छोरो, बलात्कारीको बाउ’ भन्न थाले । बुवाले ‘तँ मरिस्, फर्केर नआउनू’ भनेर घरबाट निस्कन निर्देशन दिए । नखाएको विष पचाउँदै नैनसिंह रुँदै घर छाडेर घरैघरको सहर काठमाडौं छिरे । आज उनी घरबाट निस्केर हिँडेको ५ वर्ष बित्यो । फर्केर जान मन छ तर कसरी जाने ?
अहिले नैनसिंहले घर जाने एउटा बहाना बनाएका छन्– विवाह । घरमा आमासँग त नैनसिंको दोहोरो बात भइरहन्छ तर बुवासँग एक कल फोन वार्ता भएको छैन । होस् पनि कसरी ? नैनसिंको खोटाङकी चाम्लिङसँग लभ परेको ४ वर्ष भयो । उनी धरानमा स्नातक पढ्दैछिन् । गाउँकै साथीमार्फत चिनापर्ची भयो । विस्तारै मनमुटु साटियो । उनी लाहुरेकी छोरी । यो कुरा नैनसिंले घरमा आमालाई मात्र भनेकी छन् । आमाले पनि शुरुमा त फरक जात भएकाले बिहे नगर्न भने तर नैनसिंले कर गरेपछि आमा पग्लेकी छन् ।
नैनसिं भन्छन्, ‘आमा भन्ने एउटा यस्तो चिज रहेछ सन्तानले चाहे जतिसुकै ठूलो अपराध किन नगरोस् सजिलै माफी दिन्छिन् ।’ तर, नैनसिंलाई बुवादेखि डर छ । अब समाजदेखि डर छैन । भन्छन्, ‘समाज भनेको मर्दापर्दामात्र काम लाग्ने रहेछ । अरुबेला त घर–परिवार नै रहेछ । मैले नखाएको विष समाजले हो भन्यो भन्दैमा म किन मरुँ ?’ नैनसिंह आफूले नखाएको विष आमाले मात्रै पत्याउनुमा पनि ठूलो साहस बटुल्छन् । र, भन्छन्, ‘यो संसारमा आमाबाहेक मेरो कोही छैन ।’
सम्भवतः यही मंसिरमा बिहे गर्ने नैनसिंको सोच छ । तर, केटीको परिवारसँग नैनसिंहको सीधा कुराकानी भएको छैन । कुरा गर्ने पनि कसरी ? अन्तरजातीय विवाह स्वीकार होला कि नहोला भन्ने पीर छ । यो कुरा केटीको आमाभन्दा अरुलाई थाहै दिइएको छैन । केटीको दाइ पनि ब्रिटिस लाहुरे, बुवा भूपू लाहुरे । घरमा छोरीको बिहे आफ्नै जातसँग गरिदिने सोच छ रे ! तर, केटीले भने नैनसिंह नै रोजेका छन् ।
बुवाले थाहा पाए सिधै इन्कार गर्ने केटीले बताएकी छन् । केही दिनअघि दशैँमा फुपू भेट्ने बहाना बनाएर काठमाडौं आएकी उनले नैनसिंहलाई यही मंसिरमा भगाउन भनेकी छन् । केटीको कुराले नैनसिंह विलखबन्दको भुमरीमा छन्– के गर्ने, नगर्ने ? आँटौँ, परिवारमा राम्रोसँग छलफल भएको छैन, नआँटौ केटी पाउनै छ । केटी उनीसँग भागेरै बिहे गर्ने सोचमा छन् । तर, नैनसिंह मागेरै विहे गर्न खोजिरहेका छन् । नैनसिं अब एकपटक दह्रो मुटु पारी केटीको परिवारसँग कुरा गरेरै विवाह गर्ने सोचमा छन् तर केटीले भने भगाउनै जोड दिएका छन् ।
– केटीकी साथी मुना