नेपाल बैंक र माउन्टेन भिस्टा रिट्रिट प्रा.लि. बिच सम्झौता

काठमाडौं। नेपालको पहिलो बैंक नेपाल बैंक लि.मा कार्यरत कर्मचारीहरु, कर्मचारीका परिवारका सदस्यहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका ०२, स्थित रहेको रिसोर्ट माउन्टेन भिस्टा रिट्रिट प्रा.लि. ले प्रदान गर्ने सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

Advertisement 1

सो सम्झौता बमोजिम नेपाल बैंक लि.मा कार्यरत कर्मचारीहरू, कर्मचारीका परिवारका सदस्यहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई माउन्टेन भिस्टा रिट्रिट प्रा.लि. ले प्रदान गर्ने रिसोर्टका विविध सेवाहरुमा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत देखि १५ प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ।

सम्झौता पत्रमा मिति २०८२ साल भदौ ०९ गते बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत श्री प्रकाश कुमार अधिकारी र माउन्टेन भिस्टा रिट्रिट प्रा.लि. को तर्फबाट निर्देशक श्री प्रदिप शर्मा पौडेलले हस्ताक्षर गरेकाछन्।

प्रकाशित :२०८२ भाद्र १२, बिहीबार ११:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry