प्रदेशका उम्मेद्धारले २३ लाखसम्म् र प्रतिनिधि सभाका उम्मेद्धारले अधिकतम ३३ लाख चुनाव खर्च गर्न पाउने (सूचीसहित)

निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुन लागेको प्रदेश र संघीय निर्वाचनका उम्मेदवारले खर्च गर्न पाउने रकमको अधिकतम सीमा प्रस्ताव गरेको छ। आयोगले क्षेत्र अनुसार उम्मेद्धारको अधिकतम खर्चको सीमा निर्धारण गरेको हो ।
आयोगका अनुसार प्रतिनिधि सभाका उम्मेद्धारले क्षेत्र अनुसार अधिकतम २५ लाखदेखि ३३ लाखसम्म खर्च गर्नसक्नेछन् । जसमा २५ लाख, २९ लाख, ३१ लाख र ३३ लाख निर्धारण गरिएको छ। त्यस्तै, प्रदेश सभाका उम्मेद्धारले अधिकतम १५ देखि २३ लाखसम्म खर्च गर्न पाउनेछन् । दुबैलाई ५ समूहमा बाँढेर खर्चको सीमा तोकिएको छ । प्रदेशतर्फ १५ लाखदेखि १७ लाख, १९ लाख, २१ लाख र २३ लाख प्रस्ताव गरिएको छ।

Advertisement 1

यस अघि गत २०७४ को निर्वाचनमा प्रतिनिधि सभाका उम्मेदवारले २५ लाख र प्रदेश सभाका उम्मेदवारले १५ लाख रुपैयाँ खर्च गर्न पाउने सीमा निर्धारण गरेको थियो।

https://drive.google.com/file/d/1RJsnkYkK4a23VwPRJVFEvm_nHhakjTHk/view

प्रकाशित :२०७९ आश्विन ११, मंगलवार १३:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry