प्रधानमन्त्री ओलीको निजी चिकित्सक डा. दिव्यालाई चौथो सरकारी नियुक्ति


सरकारले अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्ष पदमा त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्जकी डिन प्राडा दिव्या सिंह शाहलाई मनोनयन गरेको छ। गत सोमबारको क्याबिनेटले मानव अंग प्रत्यारोपण समन्वय केन्द्र गठन गरेर त्यहाँ डा दिव्यालाई अध्यक्षको जिम्मेवारी दिएको हो ।
मन्त्रिपरिषदले डा शाहलाई २ वर्षका लागि मनोनयन गरेको हो। यसैगरी सरकारले समितिको सदस्यहरुमा प्राडा प्रेमराज ज्ञवाली, प्राडा पलेस्वाँ जोशी लाखे र प्राडा शंकरमान राईलाई मनोनयन गरेको छ।
सिंह प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक हुन् । यस अघि नै उनी यसअघि नै चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को डिनमा नियुक्त भइसकेकी छन् । यो सहित डा दिव्या एक्लैमाथि चारथरी ड्युटी पर्छ । पहिलो हो, डाक्टरका रुपमा अस्पतालमा काम गर्ने, दोस्रो प्रधानमन्त्रीको स्वास्थ्य रेखदेख, तेस्रो डिन र चौथोमा नयाँ पद ।
उनी पूर्वन्यायाधीश टोपबहादुर सिंहकी छोरी हुन् ।

प्रकाशित :२०७७ कार्तिक २८, शुक्रबार १०:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry