यी हुन यस बर्ष निजामती पुरस्कार पाउने ४० कर्मचारीहरु (नामसहित)

सरकारले यस वर्षको निजामती सेवा दिवसमा पुरस्कार दिन ४० कर्मचारी छनोट गरेको छ । निजामती सेवा दिवसको अवसर पारेर सरकारले १ जनालाई सर्वोत्कृष्ट,१० जनालाई उत्कृष्ट ३० जनालाई निजामती सेवा पुरस्कार दिएर कर्मचारीहरुलाई सम्मान गर्दै आएको छ ।
यस बर्ष सरकारले पुरस्कारका लागि ४० जना कर्मचारीहरु छनोट भएका छन् । तर, एक जनाले मात्रै पाउने २ लाख रुपैयाँ राशीको सर्वोत्कृष्ट कर्मचारी भने सरकारले छनोट गर्न सकेन ।

Advertisement 1

पुरस्कृत हुने कर्मचारीहरुको छनोटका लागि मुख्य सचिवको नेतृत्वमा समिति हुन्छ । सो समितिले एक लाख रुपैयाँ राशीको उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने १० जना र ५० हजार रुपैयाँ राशीको ‘निजामती सेवा पुरस्कार पाउने ३० जना कर्मचारीहरु छनोट गरेको छ । तर सर्वोत्कृष्ट पुरस्कारका लागि कोही पनि छनौट नहुँदा देशभर कार्यरत झण्डै एक लाख कर्मचारीहरुमध्ये एक जना पनि सर्वोत्कृष्ट काम गर्ने कर्मचारी रहेनछन् त भन्ने प्रश्न उब्जिएको छ ।

Advertisement 2

उत्कृष्ट निजामती सेवा पुरस्कार पाउनेहरुमा उत्कृष्ट निजामती पुरस्कार पाउनेमा निर्देशक पदम कुमार श्रेष्ठ,उपसचिव दिपक प्रसाद खतिवडा,हरिप्रसाद ज्ञवाली,मुना शर्मा,प्रकाश राज पौडेल,शोभाखर रेग्मी,सन्तोष पौडेल रहेका छन् ।
यस्तै सिनियर डिभिजनल इञ्जिनियर सचिन्द्र कुमार यादव,शाखा अधिकृत रुकु शर्मा पौडेल र सहलेखापाल मंहगु लोध रहेका छन् । उत्कृष्ट निजामती सेवा पुरस्कारको राशी १ लाख रहेको छ । यस बर्ष सरकारले व्यावसायिक र सृजनशील प्रशासन विकास, समृद्धि र सुशासन भन्ने मूल नाराका साथ आज १९ औ निजामती दिवस मनाइदैंछ

प्रकाशित :२०७९ भाद्र २२, बुधबार ०७:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry