चार बजे मन्त्रिपरिषद् बैठक बस्दै, के के छन् एजेन्डा ?
प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले अपरान्ह ४ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । आजको बैठक नियमित भएको बताइएको छ । हरेक सोमवार र बिहीवार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै आइरहेको छ । सरकारी निवास वालुवाटारमा बस्न लागेको क्याविनेट बैठकमा प्राविधिकतर्फको सचिव बढूवा कार्यसूचीमा रहेको छ ।
यस अघि कृषि तथा वन सेवा तर्फ रिक्त एक सचिव पदका लागि तीन जना सहसचिवको नाम सिफारिस भएको छ । सचिव बढुवा सिफारिस समितिले रिक्त एक सचिवका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेको थियो । लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा गत आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले सचिवत्रय डा कृष्ण प्रसाद आचार्य, पेमनारायण कँडेल र निरु दाहाल पाण्डेको नाम कृषि तथा वन सेवा तर्फ रिक्त एक सचिव पदका लागि सिफारिस गरेको हो ।
सिफारिसभएकामध्ये डा आचार्य उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कर्णाली प्रदेशका सचिव छन् भने कँडेल राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक र पाण्डे प्रदेश नम्बर १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सचिवमा कार्यरत छिन् । सचिव बुढुवाका लागि सिफारिस भएका सहसचिवमा पेमनारायण कँडेल, निरु दाहाल र कृष्ण आचार्य रहेका छन्। यीमध्ये एक प्राविधिक सचिवमा बढूवा हुनेछन् ।