स्थानीय तहका झण्डै साढे तीन सय कर्मचारीको सरुवा टुंगियो,सूची आज वा भोलिमा सार्वजनिक
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका झण्डै ४ सय बढी कर्मचारीको काज सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका स्थानीय तह कप्र शाखाका कर्मचारीहरुले हिजो राती अबेरसम्म बसेर सरुवाको काम टुंग्याइएको सामान्य प्रशासन स्रोतले जनाएको छ । निर्वाचन आयोगले सबै आगामी मंसिर ४ को निर्वाचनलाई केन्द्रित गर्दै यही भदौ २० गतेभित्र आवश्यक कर्मचारी व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएपछि सरकारले धमाधम सरुवाको काम टुंग्याएको हो ।
स्थानीय तहमा कार्यरत कर्मचारीहरुले दिएको निवेदनका आधारमा कामकाज गर्नेगरी अर्को स्थानीय तहमा खटाउने निर्णय भएको सामान्य प्रशासन स्रोतले जनाएको छ । सरुवाका लागि झण्डै ४ सयले आवेदनज दिएकाहरुमध्ये मापदण्ड पुगेकाहरुको हकमा निर्णय भएको सामान्य स्रोतले जनाएको छ । स्थानीय तहका कर्मचारीहरुको सरुवासम्बन्धी कानूनी व्यवस्थाको अभावका कारण अहिले अन्तर स्थानीय तह कामकाजमा खटाइएको भनी निर्णय भएको छ । मापदण्ड पूरा नगरेकाहरुलाई सरुवा नगरिएको मन्त्रालयले जनाएको छ ।
जसअनुसार ५० जना हाराहारी प्रमुख प्रशासकीय अधिकृतहरु एक स्थानीय तहबाट अर्काे स्थानीय तहमा पुगेका छन् ।