कृष्णले लोभ गर्ने,बिरेन्द्र,लक्ष्मी र राधिका भागी हिड्ने
जात फाल्नु गहतको झोलमा भनेजस्तो, सचिवजस्तो विशिष्ट श्रेणीको पदबाट रिटायर्ड भएको, सूचना आयोगसमेत ६ वर्ष हाँकिसकेको मान्छेले मामुली एकरदुई हजार रूपैयाँमा किन लोभ देखाएका होलान् ? सचिवहरूले २ ग्रेडसहित सोहीअनुसार पेन्सन लिँदै आएका भए पनि पूर्व अर्थसचिव कृष्णहरि बाँस्कोटाले भने ०७१ सालदेखि नै थप चार ग्रेड सुविधा लिइरहेको पाइएको छ ।
Advertisement 1
१ ग्रेड सुविधा भनेको १ दिनको तलब बराबर हो । यही साउनबाट सचिवहरूले १५ प्रतिशत (९ हजार ४०२ रूपैयाँ) वृद्धिसहित ७२ हजार ८२ रूपैयाँ मासिक बुझ्नेछन् । यो हिसाबले सचिवहरूको दुई ग्रेड थप सुविधा पाउँदा ४८०६ रूपैयाँ तलबमा थपिने हुन्छ । बाँस्कोटाले भने चार ग्रेड सुविधा लिइरहेको निजामती किताबखानाको ढड्डाबाट पुष्टि भएको छ ।
लीलामणि पौडेलजस्ता सदाचारी मुख्यसचिव हुँदा २३ जना कर्मचारीलाई २ ग्रेड थपेर चार ग्रेड दिइएको निजामती किताबखानाले जनाएको छ । सो निर्णयबाट राज्यकोषलाई वार्षिक झण्डै ६ लाख रूपैयाँ घाटा लागेको छ । एउटै पद र सेवाबाट अवकाश पाएका कोही विशिष्ट श्रेणीका कर्मचारीले चार ग्रेड थप लिइरहेका छन् त कोही दुई ग्रेडमै चित्त बुझाइरहेका छन् । यो त पद विशिष्ट, काम अशिष्ट भएन र ?’ एक जना पूर्व प्रशासकको प्रश्न हो यो ।
Advertisement 2
अनुपराज शर्मा, युवराज खतिवडा, केशव बराल, नवीन घिमिरे, दीप बस्न्यात, सावित्री थापा गुरुङ, राजनारायण पाठक, कयोदेवी यमी, गोविन्दप्रसाद कुसुम, ब्रिन्दा हाडा, अयोधीप्रसाद यादव, ताना गौतमजस्ता व्यक्तिले दोहोरो सुविधा लिइरहँदा सबैभन्दा पहिला दोहोरो सुविधा त्यागेको घोषणा गर्ने बाँस्कोटाले किन दुई हजार रूपैयाँमा जात फालेका होलान् रु ती पूर्व सचिवले प्रश्न गरेका छन् ।
जतिखेर रेखा शर्मा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री थिइन् उनले क्याबिनेटबाटै दोहोरो सेवा–सुविधा बुझ्ने पदाधिकारीमाथि अंकुश लगाउने प्रस्ताव लैजाँदै गर्दा त्यतिखेर सूचना आयोगमा रहेका बाँस्कोटाले सबैभन्दा पहिला त्यागेको घोषणा गरेका थिए ।
Advertisement 3
निवृत्तिभरण (पेन्सन) पनि कस्तो भने अवकाश पाएको एउटै पदबाट तर कोही झण्डै मासिक ५० हजार हाराहारी पेन्सन थाप्छन् त कोही ३४ हजारमै चित्त बुझाउँछन् । अस्ति ४ जेठमा मात्र अवकाश पाएका देवेन्द्र कार्कीले मासिक ३४ हजार ३८५ रूपैयाँ पेन्सन बुझ्छन् । केही अघि रिटायर्ड भई हालै राप्रपामा प्रवेश गरेका केदार न्यौपानेले ४७ हजार हाराहारी थाप्छन् ।
अर्कोतिर यही मुलुक हो जहाँ सहसचिवमै रिटायर्ड हुने व्यक्तिलाई २४ घण्टाको लागि मात्र सचिव बनाएर पेन्सन बढाइन्छ । यहीँ श्रीगणेश, कुमारी, भैरवले समेत मासिक पेन्सन पाउँछन् तर निजामती सेवामा लागेर झण्डै दुई दशक समय व्यतित गरेका एक जना सचिवले ‘शक्तिकेन्द्र’ देब्रे हुँदा पेन्सनविहीन अवस्थामा घर फर्कनुपरेको छ ।
उनी हुन् दीपेन्द्रविक्रम थापा निजामती सेवातर्फ कम्तीमा २० वर्ष पार गरेपछि मात्र पेन्सन पाइन्छ । उनले भने, सिधै सहसचिवमा नाम निकाले । थप पाँच वर्ष सचिव चलाए । सेवा हद लागेर घर फर्कंदा निजामती सेवामा प्रवेश गरेको १७ वर्ष मात्र पूरा भएको थियो ।
सचिव बनिएला भनेर जो भागिरहेछन्
सिंहदरबारभित्र कोही यस्ता कर्मचारी पनि छन्, सचिव हुनुपर्ला भनेर तर्की तर्की हिँडेका । बरु आफूभन्दा जुनियरलाई हाकिम मान्न÷नमस्कार गर्न तयार तर आफू सचिव बन्न इन्कार । यस्ता सहसचिवमध्ये अग्रपक्तिमा भेटिए बिरेन्द्र कुमार यादव । उनी सहसचिव भएका १३ बर्ष व्यतित भइसकेको छ । यस्तै बिरेन्द्रझैं तालिम नलिनेमा अर्को सहसचिव छिन्,राधिका अर्याल र लक्ष्मी बस्नेत । सचिवमा नियुक्ति भएको पाँच वर्षपछि सेवा हद लागेर अनिवार्य घर जानुपर्छ । त्यसो हुँदा पेन्सनविहीन हुनुपर्ने डर छ । त्यसो भएमा दीपेन्द्रविक्रम थापाकोझैँ नियति दोहोरिने डर छ । त्यही डरका कारण तालिम लिन मानिरहेकी छैनन् लक्ष्मी र राधिकाहरुले ।