“तुहियो” सातामा दुई दिन बिदाको प्रस्ताब !

सातामा दुई दिन बिदा दिने प्रस्ताव फेरि पनि तुहिएको छ । यस अघि ०४७ र ०५६ सालमा दुई पटक असफल अभ्यास गरिसकेको हप्तामा दुई दिन बिदा दिने नीतिलाई फेरि लागू गर्ने प्रयास भएको थियो ।सो प्रयास असफल भएको छ ।

Advertisement 1


पर्यटन प्रर्वद्धन गर्ने भन्दै पर्यटन मन्त्रालयले एक समिति तयार पारी सातामा दुई दिन बिदाको प्रस्ताव अघि बढाएको थियो । सो प्रस्ताव अघि नबढ्ने भएको हो ।

कोरोनाभाइरस महामारीले थलिएको पर्यटन क्षेत्रको पुनरुत्थान गर्ने योजना भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गएको ८ असोजमा दुई दिन बिदा दिने प्रस्ताव बनाउन कार्यदल गठन गरी सो कार्यदलले सातामा दुई दिन बिदा दिन उपयुक्त हुने प्रस्ताव पेश गरेको थियो ।
पूर्व पर्यटन मन्त्री योगेश भट्टराईले पर्यटन प्रवर्धन र आन्तरिक पर्यटकीय गतिविधि चलायमान बनाउन दुई दिन बिदा दिएर सरकारी तथा निजी क्षेत्रका कर्मचारीलाई घुम्न पठाउने भन्दै प्रस्ताव तयार पार्न कार्यदल बनाएका थिए ।
न मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा गठित ६ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मी तथा अर्थ, गृह र सामान्य प्रशासन मन्त्रालयका एक–एक जना प्रतिनिधि सदस्य तोकिएका थिए ।
समितिले सातामा दुई दिन बिदा दिने प्रचलन १ सय १६ देशमा रहेका कारण नेपालमा लागू गर्दा उपयुक्त हुने र यसबाट राज्यकोषको अर्बाै रकम बचत हुने प्रतिवेदन पेश गरिएको थियो ।सरकारी निकायका कर्मचारीलाई हप्तामा दुई दिन बिदा दिँदा राज्यको ढुकुटीको १ अर्ब ६४ करोड ९१ लाख रुपैयाँ वार्षिक बचत हुने सरकारी अध्ययनले देखाएको छ ।

Advertisement 2


तर आफैँले तयार गरेको उक्त प्रस्ताव तत्काल अघि नबढाउने निष्कर्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पुगेको हो।

अहिले मन्त्रालयले सो प्रस्ताव मन्त्रिपरिषद नलैजाने भएको हो।

प्रकाशित :२०७७ माघ ८, बिहीबार १२:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry