तीन खोटाङगेको ‘चुपचाप’ बजारमा सार्वजनिक
नेपाल सरकारका सचिव सुरेश आचार्यको अर्को पनि परिचय थपिएको छ । अब्बल प्रशासकका रुपमा परिचित गीतकारका रुपमा उदाउँदै गरेका आचार्य
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव हुन् । साहित्यिक वा सांगीतिक दुनिँयामा ‘सियरा’ उपनामले परिचित आचार्यको गीति एल्बम ‘तिम्रो प्रेरणा’ ‘रमाउँदै आयौ’ गीति एल्बमको सफलतापछि हालै ‘चुपचाप’ बजारमा सार्वजनिक भएको छ । तीन जना खोटाङगे (सियरा आचार्य, महेश खड्का र राजेश पायल राई) एकसाथ नयाँ गीत बजारमा सार्वजनिक भएको हो । स्वर राजेश पायल राई, संगीत महेश खड्का र शब्द सियरा आचार्यका रहेको छ ।
Advertisement 1
निजामति क्षेत्रमा कुशल प्रशासकका रुपमा आफूलाई उभ्याउन सफल आचार्यको पछिल्लो समय सांगितिक क्षेत्रमा एक पछि अर्को चर्चा चुलिँदैछ । लामो समय पर्यटन मन्त्रालयमा बिताएका उनी सचिव पदमा बढुवा भएसँगै नेपाल ट्रष्टको कार्यालय,पुर्ननिर्माण प्राधिकरण,शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको (प्राविधिक), खानेपानी खानेपानी तथा सरसफाइ मन्त्रालयको सचिव हुँदै अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कमाण्ड गर्न आइपुगेका छन् उनी । आचार्यको ब्याकग्राउन्ड हेर्ने हो भने इञ्जियर हुन् ।
निजामती सेवामा प्रवेश नगर्दै साहित्य क्षेत्रमा कलम चलाउदै आएका आचार्य सेवाबाहिर रहँदा साहित्य सिर्जनामै घोत्लिन्छन् । साहित्य सिर्जनामा घोत्लिँदा उनी आफूलाई सियराका रुपमा उभ्याउँछन् र गीत लेख्न थाल्छन् । सेवाबाहिर रहँदा साहित्य सिर्जनामै व्यस्त रहने आचार्य जागिरपछि बचेको समयमा निरन्तर संगित क्षेत्रमा लाग्ने बताँउछन् ।