सरकार र आन्दोलनरत स्थानीयका कर्मचारीबीच वार्ता टुंगियो,के भयो प्रगति ?

 

Advertisement 1

सरकार र स्थानीय तहका कर्मचारीबीच वार्ता केही समय अघि टुंगिएको छ । विभिन्न विभिन्न २० बुँदे माग राखेर आन्दोलनमा उत्रिएका स्थानीय तहका कर्मचारीसँग हिजो पहिलो चरणको वार्ता भएको थियो ।
हिजोको वार्ताको क्रममा बुँदा नम्बर १ देखि ५ सम्म छलफल भएको र बाँकी बुँदा उपर आज बिहानै देखि वार्तामा जुटेका थिए । वार्ता केही समय अगाडि सकिएको छ तर केही बिषयमा सहमति जुट्न बाँकी रहेको संघर्ष समितिका महासचिव विजय देवकोटाले इकर्मचारी डटकमलाई जानकारी दिएका छन् ।
वार्तामा सहभागी ट्रेड युनियनकर्मीहरुले कम्तिमा पाँच बर्ष प्रमुख प्रशासकीय अधिकृत संघकै हुनुपर्ने अडान राखेपछि किचलो निस्किएको बताइएको छ । वार्तामा नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष रेबन्त गौतम र नेपाल निजामती कर्मचारी युनियनको तर्फबाट इन्दु शर्मा लगायत उपस्थित थिए ।
अहिले ड्राफ्ट तयार भइरहेको छ । सरकारी वार्ता टोलिका संयोजक एवं मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईका अनुसार स्थानीयका कर्मचारीका सबैजसो माग सम्बोधन भए पनि केही मागको बिषयमा सहमति जुटन बाँकी छ ।
आन्दोलनरत स्थानीय तहका कर्मचारीसँग वार्ताका लागि मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव कमलप्रसाद भट्टराईको संयोजकत्वमा ४ सदस्यीय वार्ता टोली गठन भएको छ । सहसचिव नारायण अर्याल, कानुनका उपसचिव टङ्कबहादुर महत र प्रशासनका उपसचिव खिलराज राईको वार्ता टोली गठन भएको थियो ।

आजका वार्ताका लागि आन्दोलनरत स्थानीय तह कर्मचारी केन्द्रीय संघर्ष समितिका तर्फबाट ५ जना पदाधिकारी र कर्मचारी ट्रेड युनियनहरुका प्रतिनिधिहरु उपस्थित थिए ।

प्रकाशित :२०८० आश्विन २६, शुक्रबार १७:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry