सुब्बाको यतिसम्म हुनसक्दो रहेछ शक्ति

पत्याउनुहुन्छ मामुली एउटा सुब्बाले सिंहदरबार र त्यहाँका हाकिमहरुलाई हल्लाइदिन्छन् र हायलकायल खेलाइदिनसक्छ भन्दा ? तर यस्तै प्रमाण फेला पारेको छ कर्मचारी डटकमले ।
सुब्बा तहको कर्मचारीको पावर र हैसियत यतिसम्म छ कि उस्ले मर्यादाक्रममा आफूभन्दा धेरै माथि रहेका सहसचिव÷सचिवले गरेको निर्णयलाई ‘पानीको फोका’ झैं क्षणभरमै उल्टाइदिएको । यस्ता जब्बर कर्मचारीलाई न त कुनै ऐन/कानुन आकर्षित हुन्छ । कसैले छुन वा चलाउन सक्छ । यहीबाट प्रष्ट हुन्छ हाम्रो कर्मचारीतन्त्र ऐन÷कानुनले कम र ‘डनतन्त्र’ले बढी चलिरहेको छ ।

Advertisement 1

तिनै डन सुब्बा साब चार महिनासम्म सिंहदरबारस्थित सामान्य,गृह,भूमिसुधारका हाकिमहरुलाई हत्तु खेलाएर वा सेटिङ मिलाएर पुन पूरानै जिल्लामा फर्कन सफल भएका छन् । कथा शुरु हुन्छ गत चैत्रबाट । दुर्गम जिल्लामा बाजुरामा मालपोत कार्यालयका निमित्त हाकिम खाइरहेका (१५६१०६ कर्मचारी संकेत नम्बर) अंगद बहादुर महतलाई गत स्थानीय तह निर्वाचनभन्दा डेढ महिना अघि बाजुराबाट सिंहदरबार तानियो । अधिकांश कर्मचारी दुर्गम जिल्लाबाट सिंहदरबार छिर्न पावर र सोर्स फोर्स लगाउन वा सरुवा हुनकै लागि बिटो समेत खर्च गर्दछन् तर अपवाद निस्किए सुब्बा साब महत ।

Advertisement 2

उनीमाथि चार्ज थियो वाजुरास्थित मालपोतको कार्यालयको निमित्त हाकिम हुँदा सेवाग्राहीलाई सताएको र अनेकन बदमासी गरेको । सोही आरोपमा उनी बाजुराबाट तानिए सिंहदरबार । तर सुब्बा साब यति पावरफुल कि यो चार महिनाको बीचमा ५ ठाउँमा सरुवा हुँदा समेत डेग चलेनन् । अन्तमा पैसा पेलेरै उही पूरानै ठाउँमा फर्किन सफल भएका छन् । मामुली एउटा नायब सुब्बाका अघि सामान्य,गृहदेखि भूमिसुधारका हाकिमसमेत निरिह साबित भएका छन् । न त मन्त्रालयले पठाइएको ठाउँमा रमाना लिएको देखिन्छ न त खटाएको ठाउँमा पदस्थापन नै भएको ।

Advertisement 3

गत चैत्र १४ मा सामान्यका अधिकृत नित्यराज भट्टराईको हस्ताक्षरित पत्र अनुसार उनको उनी सामान्य प्रशासनबाट गृहमा सरुवा भएको देखिन्छ । उच्च पदस्थ कर्मचारीहरुलाई महिनौंसम्म बरण्डामा थन्काएर राखिँदा गृहको कप्रले सामान्यले गृहमा पठाएको भोलिपल्टै इलाका प्रशासन कार्यालय टिकापुर,कैलालीमा पदस्थापन गरिदिएको छ । गृहका कप्रका शाखा अधिकृत कुलशेखर अर्याल हस्ताक्षरित पत्र अनुसार उनलाई अनुसार टिकापुरमा खटाइए पनि उनी डेग चलेनन् । उनी रमाना नलिई बीचबाटै भूमिसुधारमा पुग्न सफल भएको देखिन्छ । स्थानीय तह निर्वाचन अघि आचारसंहिता लागेका कारण उनको सरुवा रोकियो र आचारसंहिता खुकुलो भएसँगै जेठमा गृहबाटै भूमि व्यवस्था तथा सहकारी विभागमा जम्प हाने ।

र त्यसको महिना दिन नबित्दै मन्त्रालयबाट नापी विभागमा खटिए । त्यसको पाँच दिन पछि नापी कार्यालयले नापी कार्याल्य बर्दियामा पदस्थापन गरेको छ । तर त्यहाँ पनि जान चाहेनन् । अन्तत सामान्य प्रशासनले उनलाई जिल्ला समन्वय समिति बाजुरामा खटाएको छ अस्ति साउन ११ गते पत्र तयार पारी उनी बाजुरा प्रस्थान गरिसकेका छन् ।गृह,सामान्यदेखि भूमिसुधारसम्मको कर्मचारी प्रशासन हेर्न हाकिमहरुलाई मिलाएर उनी पुन बाजुरा फर्कन सफल भएको उनी निकटस्थ कर्मचारीहरु सुनाउँछन् ।

प्रकाशित :२०७९ श्रावण २५, बुधबार ११:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry