बढेको तलब घटाएर के को बहादुरी ?
कर्मचारी संगठनले तल्लो तहमा नमिलेको तलब मिलाउनुको सट्टा माथिल्लो तहका कर्मचारीहरुको बढेको तलब घटाएर बहादुरी देखाएकोप्रति कर्मचारी तहबाटै आलोचना र टिका टिप्पणी शुरु भएको छ ।उपल्ला तहका कर्मचारीहरुले कर्मचारी संगठनले सरकारले बढाइसकेको तलब घटाएर ठीक नगरेको टीका टिप्पणी गर्न थालेका छन् ।
Advertisement 1
सरकारले हालैमात्र कर्मचारीहरुको नयाँ तलबमान सार्वजनिक गरेको थियो । उक्त तलबमान अनुसार, शाखा अधिकृतको तलब २४ दशमलव २६ प्रतिशत,उपसचिवको तलबमा २३ दशमलव ३५,सहसचिवको २३ दशमलव ६३ र सचिवको १८ दशमलव ४१ प्रतिशतले बढाउने क्याविनेटले स्वीकृति दिएको थियो । जस्को तल्लो तहका कर्मचारीहरुले भने विरोध गर्दै आएका थिए । आजै मात्र कर्मचारी ट्रेड युनियनहरुले अर्थमन्त्री जनार्दन शर्मासँग भेटेर नयाँ तलबमान फिर्ता गराएका छन् । उनीहरुले राष्ट्रियस्तरका ट्रेड युनियनका प्रतिनिधिसमेत रहने गरी उच्चस्तरीय तलब आयोग गठन गर्ने सहमती भएको र नयाँ तलबमान फिर्ता भएको जनाएका छन् ।
जसप्रति उपसचिव माधव ढकालले तिखो टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन् बढेको तलब घटाएर बहादुरी चैं नदेखाएको भए हुन्थ्यो । तर, खरिदार, नासु को तलब ड्राइभरको भन्दा १० रुपैया भएपनि धेरै हुनुपर्छ त मैले भनेको भन्यै छु । लेखेको लेख्यै छु ।
अबको उपाय
नासु र शा अ को वीचमा एक पद जुन छैटौं सरहको तलबस्केलमा हुन्छ । शा अ र उपसचिवको वीचमा एक पद जसको तलब आठौं तहको भन्दा केही बढी हुन्छ । उपसचिव र सहसचिवको वीचमा एक पद जसको तलब दशौं तहको भन्दा केही बढी हुन्छ । सहसचिव र सचिवको वीचमा एक पद जसको तलब स्केल १२औ तह सरह हुन्छ ।
यसरी वीचमा एक एक पद थप गरेर बढुवाको सिद्धान्त, सिनियरको सिद्धान्त अवलम्वन गर्दै तलबस्केल निर्धारण गर्दा मर्यादाक्रम अनुसार पनि हुने र विवाद पनि नहुने यै हो है मन्त्र । होइन भने शिक्षक देखि, प्रदेश, स्थानीय तह, स्वास्थ्य जताततै गन्जागोल हुन्छ । तरिका यै हो । यसका लागि ड्राइभरको भन्दा खरिदारको १० रुपैया भएपनि बढी राखेर सबै पदको तलबस्केल मिलान गरिनुपर्छ ।