सरुवा भएका अधिकृतलाई सोही पालिकामा फर्कन सर्वोच्चको अन्तरिम आदेश

सरुवा भएका प्रशासकीय अधिकृतलाई धनुषाको हंसपुर नगरपालिकामा नै कामकाज गर्न सर्वोच्च अदालतले निर्देशन दिएको छ ।

Advertisement 1

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेपछि सर्वोच्च अदालतमा प्रशाकीय अधिकृत केशव कुमार अधिकारीले मन्त्रालय, नगरपालिका र प्रदेश सरकारलाई विपक्षी बनाएर दिएको रिटमा आइतबार सर्वोच्चले अधिकृतलाई सोही नगरपालिकामा काम गर्न दिन आदेश दिएको हो ।

यसअघि छिमेकी जिल्ला महोत्तरीको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृतलाई डेढ महिनामै सरुवा गरेपछि जनप्रतिनिहरूले विरोध जनाएका थिए ।

Advertisement 2

प्रकाशित :२०७८ फाल्गुन २४, मंगलवार १८:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry