कर्मचारी सरुवामा लाखौंको चलखेल, छानबिन थाल्दै अख्तियार

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको निजी सचिवालयका कर्मचारीमाथि सरुवाका लागि मोटो रकमको असुलेको भेटिन थालेपछि यो बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन प्रारम्भ गरेको छ ।
मन्त्रालयले साउन लागेपछि मात्रै २६ सहसचिव,३४ उपसचिव र ६० जना अधिकृतहरुको सरुवा गरेको छ । कर्मचारी सरुवा नियमित प्रक्रिया भए पनि मन्त्री श्रेष्ठको सचिवालय,कर्मचारी प्रशासन महाशाखा सम्हाल्ने केही कर्मचारीसमेतको मिलेमतोमा मोलमोलाइ गर्ने र बिटो बुझाउन सक्ने कर्मचारीलाई मात्र आकर्षक ठाउँमा खटाउने गरेको आधार र प्रमाणहरु भेटिए पछि यस्मा अख्तियारले चासो राखेर छानबिन प्रारम्भ गरेको हो । मन्त्रीका सचिवालय र कप्रका कर्मचारीहरुले विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत सरुवाका लागि उनीहरूले १५ लाखसम्म माग गर्ने गरेको आरोप मन्त्रालयकै कर्मचारीले लगाउँदै आएका छन । मन्त्री श्रेष्ठको निजी सचिवालयमा कार्यरत राजाराम तण्डुकार, सुरज महर्जन र दिलिप पटेलले सरुवा सूची बनाउने गरेको आरोप लाग्दै आएको छ । कर्मचारी सरुवाका सूची समेत काठमाडौंका विभिन्न होटलमा बन्ने गरेको कर्मचारीहरुको आरोप छ । सरुवाको सूची बनाउनका लागि मन्त्री सचिवालयले बिचौलियासमेत प्रयोग गर्ने गरेका आरोप समेत लाग्दै आएको छ । ती बिचौलिया र मन्त्री सचिवालयका कर्मचारीको मिलिमतोमा विभिन्न स्थानमा सरुवा भइजाने कर्मचारी सूची बनाइने गरिएको छ । ती कर्मचारीसँग रकम असुली गरिएपछि सूची मन्त्रीमार्फत प्रशासनिक नेतृत्वसमक्ष पुग्ने गरेको छ ।

Advertisement 1

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको रूचिअनुसार मन्त्रीको सचिवालयका कर्मचारीले सरुवामा मोलमोलाई गर्दै आर्थिक संकलन थालेको आधार भेटिन थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने भएको छ ।
आयोगले छानबिनका क्रममा सामान्य प्रशासन मन्त्रालयले पछिल्लो समयमा गरेको सरुवाको विवरण मागेर अनुसन्धान थाल्ने भएको छ ।

प्रकाशित :२०७९ श्रावण १४, शनिबार ०७:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry