चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।
Advertisement 1
उनी आगामी दुई वर्षको लागि बोर्ड अध्यक्षमा नियुक्त भएका छन् । केसी नेपालका चर्चित सुरस्टार हुन् ।
केसी गायन हुँदै अभिनयमा प्रवेश गरेका थिए । उनी पछिल्लो समय चलचित्र निमार्ण, निर्देशन र अभिनयमा सक्रिय छन् । उनले १०० भन्दा बढी चलचित्रमा काम गरिसकेका छन् ।
Advertisement 2
उनीसँगै दीपक श्रेष्ठ, सुचित्रा श्रेष्ठ, सुष्मा कार्की, सम्झना उप्रेती रौनियार, नरेश पौडेल अध्यक्षको दौडमा रहेका थिए ।
प्रकाशित :२०७९ श्रावण १०, मंगलवार ०७:२७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%