शेषराज (सेवक) अंकलबाट निरन्तर शोषण

नाम ‘सेवक’ लेख्ने रहर गरेर के गर्नु व्यवहारमा अरुको श्रम,पसिनाको शोषक भएपछि ? एउटै वंशावली अर्थात रगतको नाता थियो । टाढाको भए पनि दुबै खतिवडा थरी हुनाले नाताले हामी काका— भतिजी ।
Advertisement 1
आजभन्दा १० बर्ष अघिदेखिको चिनजान थियो शेषराज खतिवडासँग जो सेवक अत्रीको उपनामले चिनिन्छन । तिनै काकाका कारण म आज मानसिक र आर्थिक रुपमा बर्बादी भोग्दै छु,तनावमाथि तनाव झेल्दैछु ।
उनी अमेरिकातिर बस्छन् । तीन बर्ष अघि एउटा प्रस्ताव राखें अमेरिकाको नायग्रा फल्सको प्रमोट गर्ने गीत बनाउनका लागि । पेशाले गीत,संगीतमा रमाउने मान्छे,दिइए÷लगाए अनुासरको जिम्मेवारी पूरा गरें । सुरुमा त विभिन्न दश वटा भाखा ( भोजपुरी,मैथली,सेलो,सलैजो,देउडा लगायतका) को अडियो बनाउने जिम्मेबारी दिइएको थियो तर पछि उनलाई के लहड चल्यो कुन्नी सेलो,सलैजो,देउडा र पूर्वेली भाखाको लय,शब्द र संगीत तयार पारेंपछि अरु भाखाको पर्दैन अब भनेपछि रोकिए ।
Advertisement 2
मौखिक सम्झौता अनुसार,गीतको अडियो मैले निर्माण गर्ने र सो गीतको भिडियो उतै (अमेरिकामैं) बनाउने भनिएको थियो । नाताले काका भतिजी पर्ने हुँदा मैले तयार गरेका गीतको लय,शब्द र संगीतको पारिश्रमिकता ‘चल्तीको रेट अनुसार हेरौंला’ भनिएको थियो । संसार विश्वासमा न अडिएको हुन्छ र विश्वास भन्ने जिनिस रेशमी धागोजस्तै हुने रहेछ कतिखेर कसरी चुडिन्छ के पत्तो !
काकालाई विश्वास नगर्नु पर्ने कुनै कारण थिएन । गीतको काम चल्दाचल्दै उतैबाट प्रस्ताव आयो नेपालमा एउटा अनलाइन र टेलिभिजन चलाउने । अनलाइनको जिम्मेवारी मलाई दिइएको थियो । त्यही बीचमा मेरो खुट्टा भाँचियो । कम्पनी रजिष्ट्रार कार्यालयमा सेवा टाइम्स प्रा.लि. दर्ता गरियो । सो कम्पनीले सेवा टाइम्स डटकम सञ्चालन गर्ने भयो । कार्यालय खोजियो अनामनगरमा । यी सबै काममा हाल सौर्य दैनिकका सम्पादक रहनुभएका बालकुमार नेपालले सघाउनुभयो । उहाँलाई सेवा टाइम्स डटकमको सम्पादक तोकिएको थियो । नाताले शेषराजकै आफन्त पर्ने रहेछन् बालकुमार ।
Advertisement 3
व्याक सर्पोट शेषराज अंकलहरुको रहने गरी फ्रन्टमा म देखिएको थिए । कम्पनी दर्ता गर्न क्रममा मैले भनेको थिए ‘अंकल,भोलि आर्थिक र कानुनी रुपमा मलाई कुनै झमेलामा पार्न चाहिँ पाइँदैन हैं ।’ सोचिएको पनि थिएन यस्तो झमेला र टण्टोमा फस्नुपर्ला भनेर । तर कम्पनी सञ्चालन प्रारम्भ भए पनि उनले आफ्नो असली चेहरा देखाउन थाले । कम्पनीको प्रारम्भ गर्दा देखि कार्यालय सञ्चालनसम्म मेरो लाखौं रकम खर्च भयो । कम्पनी सुचारु भएसँगै शेषराजले मसँग खर्चको हिसाब माग्नुहुन्थ्यो । म यता कार्यालय सञ्चालन गर्दा भएको खर्चको हिसाब किताब पठाउँथे तर खर्च माग्ने, रकम नपठाउने सिलसिला यो तीनबर्षसम्म चलिरह्यो । रहरले मैले कम्पनी खोलेको होइन तर कम्पनी मेरो नाममा छ । आम्दानी छैन,धन त हुने कुरै भएन । यस्का ऋृण पनि मेरै नाममा हुने भयो अर्थात मेरै थाप्लोमा आइलाग्ने भयो । यहाँ नियुक्त गरिएका साथीहरुले तलब मसँगै खोज्ने भए । बालकुमार दाईले तलब माग्न थाल्नुभयो । मैले कहाँबाट ल्याएर दिनु ? उहाँले तलब नदिने भए मुद्धा हाल्छु भन्नुभयो । पछि कन्भिन्स हुनुभयो । र अफिसै छाड्नुभयो । शेषराजले म माथि गरेको यो ज्यादती, ठगी र बदमासीका बारेमा बालकुमार नेपाल दाईका अलवा झरना अर्याल (धनी),सञ्जिला विश्वकर्मा,कबेन्द्र,बीरेन्द्र ओली,स्तुति पोखरेलहरु जानकार छन् ।
सांगीतिक दुनिँयामा आफ्नो करियर बनाउन हिडेको एउटी केटी म । उम्रन नपाई म निमोठिए । नचाहिँदो यो लफडामा फस्नु हुँदैन भनेर डेढ बर्ष अघि नै म पन्छिने प्रयास गरें । मैले आफ्ना चार वटा गीतको लय,संगीत र शब्द तयार गरेको पारिश्रमिकता खोजें । कसैको पनि सृजना र परिश्रम फोकटको हुँदैन । फरक यति मात्र हो त्यही सृजना रमेश बिजीहरुले तयार पार्दा अलि मंहगो होला,मैले तयार पार्दा अलि सस्तो ।
मैले उहाँसँग ऋृण मागेको पनि होइन । भीख मागेको पनि होइन । आफ्नो पारिश्रमिकता खोजेको न हुँ । शिवरात्रीको दुई दिन अघि उहाँसँग सात मिनेट कुराकानी भयो । भन्नुभयो ‘१०÷१२ दिनमा सबै समस्या सामाधान गरिदिन्छु ।’तर उहाँको १०÷१२ दिन कहिल्यै आएन । यस पछि मेरो फोन रिसिभ हुन छाड्यो । उहाँलाई आवश्यक परेको समयमा दिनमा सात आठ पटक अझैं राती दुईबजे पनि कल गर्नुहुन्थ्यो । त्यही समयमा भाइ सिकिस्त बिरामी भयो । उस्को मुटुको भल्भ भेर्ने पर्ने भयो । यता आफ्नो दुई लाख बढी पारिश्रमिकता डुबेको छ । उता कम्पनीमा अनावश्यक रुपमा खोल्न लगाएर त्यस्को अनावश्यक भारी मलाई बोकाइएको थियो । यस्ता समस्याले दिनरात किचिए पछि र अति भए पछि एक दिन म्यासेज गरें ‘अंकल तपाईका कारण श्रृजना भएका यी समस्याबाट मुक्ति पाउनका लागि म मर्नै पर्ने हो ?’
आर्थिक र मानसिक रुपमा जर्जर भएको स्थिती थियो त्यतिखेर । यसरी म्यासेज पठाउँदा पनि रिप्लाई आएन । बरु ढुंगा भए रसाउँथ्यो होला,पत्थरको दिल भएको मान्छे रहेछन् क्यार उल्टै फेसबुक,म्यासेञ्जर,भाइबर,ह्वाटसप सबै एप्समा मलाई ब्लक हानियो । अरु केही उपाय नलागे पछि सामाजिक सञ्जालमा स्टाटस लेखेर पोष्ट गरें । कोही साथीले उनको र मेरो फोटो हालेर शेषराजको ठगीको बारेमा ग्रुपमा हालिदिए त्यही उनले लामो कमेन्ट गरेर मलाई दिनुपर्ने हिसाब किताब स्वीकारोक्ती गरेर पछि डिलिट गरेका छन्,त्यसलाई प्रमाणको रुपमा स्क्रीनसर्ट हानेर राखेको छु । यदी उनको नियत खराब थिएन भने मलाई किन गीत गाउन लगाइयो ? कम्पनी किन खडा गर्न लगाइयो ? मलाई नै किन अगाडि सारियो ? अनि पैसाको कुरा उठेपछि रातारात ब्लक हानियो ? बुद्धिमानहरु समस्यासँग जुद्धछन,समस्यासँग भाग्नेहरु त कातर हुन । समस्याबाटै भाग्दैमा समस्याले पछ्याउन नछाड्ने हो र ?
उनको ज्यादतीको सीमा यतिमै मात्र सकिँदैन । उनले रातारात अनलाइनको अफिस नै उठाएकाछन् अनामनगरबाट । मलाई केही जानकारी छैन ।
हाम्रो कार्यालय अनामनगरस्थित अर्चना गोइतको घरमा थियो । म त्यो कम्पनीको देखिने सञ्चालक । अनि कार्यालय सरेको जानकारी मैले घरपेटीको मुखबाट थाहा पाउनु पर्दछ । म आफ्नै पारिवारिक काममा अल्झिरहेको थिए । गत मंसिर अन्तिममा अफिस त अनामनगरबाट उठाइसकिएछ । चर्चित गजलकार शीतल कादम्बिनीलाई अफिस उठाउने जिम्मा दिइएको रहेछ । उहाँकै अग्रसरतामा त्यहाँबाट अफिस उठाइएको रहेछ । गजलकार शीतललाई सबै थाहा छ कि यो कम्पनीमा म पनि आवद्ध छु । चार वटा गीतको लय,संगीत र शब्द तयार पारेको पारिश्रमिकता पाएको छैन । यो जान्दाजान्दै एक बचन समेत नसोधी अफिस सारिदिनुपर्ने त्यस्तो बाध्यता शीतल कादम्बिनीहरुलाई के आइलाग्यो ?र किन सारियो कार्यालय ?
जीवनका दुई बसन्त बरपर हिडिरहेको एउटा युवाको श्रृजनाको रकम नदिने,कम्पनी खोल्न लगाएर त्यस्को तीन बर्षदेखिको अडिट,करको भारी बोकाएर ममाथि चरम आर्थिक र मानसिक शोषण गरिएको छ । संस्था दर्ता गराउँदादेखि पन्छिदासम्मको लाखौं रकम उनले मलाई दिन्छन वा दिँदैनन् ? सधैभरी यसैगरी भागेर कतिञ्जेल हिड्छन् ? यस्ता शोषक र सामन्तहरुबाट टाढै रहन र सजक रहन सबै नेपालीजनमा आग्रह समेत गर्दछु ।
राधिका खतिवडा,काठमाडौं