मनोरञ्जन र उत्साहको संगमका रुपमा ‘एभरेस्ट कार्निभल महोत्सव’ आयोजना

काठमाडौं। थापाथलीमा रहेको एभरेस्ट कलेजले मनोरञ्जन र उत्साहको संगमका रुपमा ‘एभरेस्ट कार्निभल महोत्सव २०८१’ आयोजना गरेको छ। कलेजले यही फागुन ९ गते महोत्सव गर्ने भएको हो। थापाथलीस्थित कलेज प्रांगणमै विभिन्न कार्यक्रमसहित महोत्सव मनाउने लागिएको आयोजकले जानकारी दिएको छ।

Advertisement 1

विद्यार्थीहरूकै सक्रिय सहभागितामा सञ्चालन हुने महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम, खेलकूद प्रतियोगिता, फुड फेस्टिभल तथा मनोरञ्जनात्मक गतिविधि हुनेछन्। महोत्सवमा सहभागीमध्ये केही विजेतालाई विशेष उपहार र पुरस्कारको समेत व्यवस्था गरिएको कलेजको भनाइ छ।

९ गते बिहान ९ बजेदेखि सुरु हुने कार्यक्रममा विद्यार्थीका लागि मनोरञ्जन र उत्साहको संगमका रुपमा लिइएको कलेजको भनाइ छ। एभरेस्ट कलेजका विद्यार्थीहरूद्वारा आयोजित यस कार्निभलले विद्यार्थीहरूको प्रतिभा प्रदर्शन गर्ने साथै मनोरञ्जन प्रदान गर्ने लक्ष्य लिएको छ।

Advertisement 2

महोत्सवको माहोललाई थप आकर्षक बनाउन विभिन्न रोचक गतिविधिहरू समावेश गरिनेछ। कलेज प्रशासनले सबै विद्यार्थीलाई महोत्सवमा सहभागी भई मनोरञ्जन लिन आग्रह गरेको छ।

प्रकाशित :२०८१ फाल्गुन १, बिहीबार ११:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry