भ्रष्टाचार मुद्धामा डामिए अधिकृतसहित यी चार जना
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । अख्तियारले जिल्ला वन कार्यालय सिमरा बाराका तत्कालीन जिल्ला वन अधिकृत भैरवप्रसाद घिमिरेसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
Advertisement 1
अख्तियारले घिमिरे सहित सहायक वन अधिकृत बिन्देश्वरप्रसाद पटेल, सहलेखापाल जनकराज जोशी र जागरण विकास केन्द्र नेपाल सिम्रौनगढ–११ का अध्यक्ष मदनप्रसाद जैसवारविरुद्ध विशेष अदालतमा आज आरोपपत्र दायर गरेको जनाइएको छ ।
विशेषमा दायर गरेको आरोपपत्रमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सिम्रौनगढ नगरपालिकास्थित उचिडिहमा वृक्षरोपणका लागि तीन लाख ६० हजार रूपैयाँ हिनामिना गरेको पुष्टि भएको अख्तियारले जनाएको छ । उनीहरूविरुद्ध तीन लाख ६० हजार बिगो कायम गरी भ्रष्टाचार मुद्दा दर्ता गरिएको हो