मधेस प्रदेश सरकारका नव नियुक्त २ मन्त्रीद्वारा शपथ ग्रहण

धनुषा। मधेस प्रदेश सरकारका नव नियुक्त २ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिभएका छन्।
Advertisement 1
जनकपुरधाम स्थित प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित १ समारोहबीच जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) प्रमुख सचेतक कनिष पटेलले विना विभागीय मन्त्रीका रुपमा पद तथा गोपनीयताको सपथ लिएका हुन्।
बुधबार ५ दलको ५६ जना प्रदेशसभा सदस्यको समर्थनमा सोनल मुख्यमन्त्रीमा नियुक्त भएका थिए। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको नेतृत्वमा गठन भएको नयाँ सरकारमा जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सहभागी रहेको छ।
प्रकाशित :२०८२ आश्विन ३०, बिहीबार १४:१७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%