एमाले र समाजवादी मिलेर काँग्रेसीलाई पत्तासाफ
उच्च अदालत पाटन बार एसोशियनसनको कार्यसमितिमा एमाले र समाजवादी निकट वकिलहरुको प्यानलै विजयी भएको छ । अहिले काँग्रेस र समाजवादीको गठबन्धन सरकार रहेको समयमा त्यहाँ भने एमाले निकट प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन (पिपिएलए) र समाजवादी पेसागत कानुन व्यवसायी संगठन (एसपीएलए) को संयुक्त प्यानल बनाएर निर्वाचन लडेका थिए । उनीहरुको प्यानलै विजयी भएको छ । अध्यक्ष पदका प्रत्यासी अधिवक्ता शान्तिराम खतिवडाले नेतृत्व गरेको पूरा प्यानल नै बिजयी भएको हो ।
हिजो सम्पन्न भएको निर्वाचनबाट अध्यक्षमा शान्तिराम खतिवडाले १०६६ मत ल्याउँदा काँग्रेस निकट कानुन व्यवसायी रामकृष्ण शर्माले २७१ मतमा चित्त बुझाउनु परेको छ ।
यस्तै उपाध्यक्षमा रामचन्द्र न्यौपाने,सचिवमा रबिन्द्र कुमार ढुंगना,सहसचिवमा इन्दु कार्की,कोषाध्यक्षमा मिलन श्रेष्ठ बिजयी भएका छन् ।
यस्तै महिला सदस्यमा रमिता महर्जन र भवानी भट्टराई बिजयी भएका छन् ।
मत परिणाम अनुसार,अन्य १२ जना सदस्यहरुमा क्रमश ईश्वरप्रसाद पुडासैनी,ओमप्रकाश चौधरी,श्याम रोका,धर्मराज पौडेल,राजाराम घिमिरे,लावण्यराज कार्की,धनजित बस्नेत,शुलभ खनाल,सरिता आचार्य र रामकुमार खतिवडा विजयी भएका छन् ।