होलीमा ११७३ जना कारबाहीमा

ट्राफिक नियम उल्लङ्घन गरेर गाडी चलाउने ११ सय ७३ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । जाँडरक्सी खाएर गाडी चलाउने, कागजात नबोकेका, दुर्घटना हुन सक्ने गरी चलाएका र होलीको बहानामा लापर्बाही गर्ने ११ सय ७३ जना चालकलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
Advertisement 1
यसमध्ये ३३ जनाले दिउँसै जाँडरक्सी खाएर गाडी चलाएका थिए । यस्तै ट्राफिक प्रहरीले चार सय ५८ वटा गाडीलाई सडकमै होल्ड गरेको छ । हेल्मेट नलगाउने, क्षमताभन्दा बढी यात्रु राखेर गाडी चलाउने लगायत कसुरमा चार सय ४८ वटा दुई पाङ्ग्रे र १० वटा चार पाङ्ग्रे गाडीलाई होल्ड गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
प्रकाशित :२०७७ चैत्र १५, आईतवार १८:३१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%