महिला कर्मचारीलाई महिनावारी बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेशको महिला निजामती कर्मचारीहरुलाई महिनावारी बिदा दिने भएको छ । प्रदेश सरकारले आफ्नो प्रदेश निजामती सेवा ऐन जारी गरेर महिला कर्मचारीलाई नयाँ बिदा थप गर्दै पिरियड्स बिदा गरेको हो ।
Advertisement 1
लुम्बिनी प्रदेश सभाबाट पारित भई मंसिर २१ गते प्रमाणीकरण भइसकेको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धी ऐनले महिनावारी बिदाको व्यवस्था गरेको छ । असार २२ गते प्रदेश सभामा दर्ता भएको विधेयक भदौ २२ गते प्रदेश सभाबाट पारित भएको थियो । ऐनको दफा ११७ (१) (ग) मा महिनावारी बिदाको व्यवस्था गरिएको छ ।
महिला कर्मचारीलाई यसअघि प्रसुति बिदा दिने गरिएकोमा लुम्बिनी प्रदेशमा अब महिनावारी बिदा पनि थपिएको हो। महिनावारी बिदा कति दिन पाउने भन्नेबारे नियमावलीमा तोकिनेछ ।
Advertisement 2
प्रकाशित :२०८० मंसिर २७, बुधबार १०:५४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%