चुणामणि शर्माको मुद्धा हेर्न भ्याइएन

अक्त आर्जनमा डामिएका सहसचिव चूडामणि शर्माको मुद्दा हेर्न नभ्याउनेमा परेको छ । अकुत आर्जनमा डामिएर धरौटीमा छुटेका आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणी शर्माविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार करोड २९ लाख ५४ हजार १२४ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । कर फर्स्र्यौट आयोगका सदस्य–सचिव समेत रहेका चुडामणी शर्मा एक करोड रुपैंयाँ बैंक ग्यारेन्टी बुझाएर तारेखमा छुटेका थिए । कर फस्र्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाल पनि एक एक करोड रुपैंया धरौटी बुझाएर थुनामुक्त भइसकेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीनै जनामाथि कर फस्यौंटका क्रममा अनियमितता गरेको आरोपमा १० अर्ब ९६ करोड रुपैंयाका दरले विगो र जरिवाना माग गरी भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
सोही मुद्धा अन्तिम किनारा लगाउन विशेष अदालतमा आज सुनुवाईका लागि पेसीमा चढेको थियो । विशेष अदालतको एक नम्बर इजलाशमा अध्यक्ष श्रीकान्त पौडेलसहित न्यायधीशद्धय रमेश कुमार पोखरेल र यमुना भट्टराईको इजलाशले सो मुद्धा हेर्ने नभ्याइएको कारण पेशी सारिएको छ ।

Advertisement 1

राजश्व चुहावट र गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी अभियोगको मुद्दा आइतबार पेसी सूचीको दोस्रो नम्बरमा रहे पनि पहिलो नम्बरको मुद्दा नसकिएकाले उनको मुद्दा हेर्न नभ्याउनेमा राखिएको हो ।

दिनेश अर्याल प्रतिवादी रहेको मुद्दाको सुनुवाइ भइरहेको र उक्त मुद्दाको सुनुवाइ नसकिएकाले सहसचिव शर्माको मुद्दा हेर्न नभ्याउने सूचीमा परेको हो ।

Advertisement 2

 

प्रकाशित :२०७९ असार १९, आईतवार १५:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry