सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकमा गजेन्द्रकुमार ठाकुर
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी गजेन्द्रकुमार ठाकुरलाई दिइएको छ।
Advertisement 1
ठाकुर यसअघि विभागको उपमहानिर्देशक भइसकेका छन्। त्यहाँबाट उनको सरुवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा भएको थियो। ठाकुर विमानस्थलबाट मध्यमस्तरीय करदाता कार्यालय पुगेका थिए। त्यहाँ करिब एक वर्ष बसेपछि उनको सरुवा आन्तरिक राजस्व विभागमा भएको थियो। आन्तरिक राजस्व विभागमा झक्कप्रसाद आचार्यलाई महानिर्देशक बनाइएपछि ठाकुरको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा भएको थियो।
प्रकाशित :२०७७ फाल्गुन २४, सोमबार ११:४२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%