सरकारी कर्मचारीलाई कुटपिट

कैलालीमा सरकारी कर्मचारीलाई कुटपिट गर्दै कार लगेर फरार भएका तीन जना भारतीय नागरिक पक्राउ परेका छन् ।

Advertisement 1

उनीहरुलाई कैलालीको गोदावरी नगरपालिका–१ स्थित ऐश्वर्य सामुदायिक वनमा लुकेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबत्ता प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले बताए । ‘पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय मालाखेतिको हिरासतमा राखिएको छ,’ प्रबक्ता जोशीले भने, ‘घरटाको कारण भने अझै खुलेको छैन, अहिले तीनै जनामाथी सोधपुछ भइरहेको छ ।’

सोमबार बिहान कञ्चनपुरबाट कैलालीको खानी डाँडा सम्म जाने भन्दै तीन जना भारतीय नागरिकले डडेल्धुराको आलिताल गाउँपालिकाका कम्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई लिफ्ट मागेका थिए । पिडितका अनुसार कारमा तेल हालिदिने भन्दै तीनै जनाले गोदावरी नगरपालिका स्थित चुरे सम्म जान लिफ्ट मागेका थिए । तर कैलालीको गोदावरी  नगरपालिका ४ स्थित बुढीतोलामा पुगेपछि उनिहरुले फोटो खिच्ने बहानामा भण्डारीलाई बाहिर निकालेर कुट पिट गरी रुखमा बाधेर कार सहित फरार भएका थिए ।

Advertisement 2

कुटपिट गर्ने तथा कार चोरि गर्नेमा भारतको हरियाणा सोनीपथ बस्ने २१ वर्षीय भगतसिंह, सोही ठाउँ बस्ने १८ वर्षीय शाहिल बादलिसे र २० वर्षीय सन्नी जाँट रहेका छन् । उनीहरुलाई गोदावरी नगरपालिका–१ स्थित भित्री सडकको ऐश्वर्य सामुदायिक वनमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको उनले बताए । लुटिएको प्रदेश ३–०१–०२३ च ८७२१ नम्बरको कार पनि सामुदायिक वन जानेबाटोमा पर्ने पाठक पेट्रोल पम्प नजि वेवारिसे अवस्थामा भेटिएको थियो ।

प्रकाशित :२०७९ असार १४, मंगलवार १०:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry