दाजु भाइलाई नै संसदको मोह

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले शानदार जित हासिल गरेसँगै थुप्रै जल्दाबल्दा युवाहरू यसै वर्ष हुने प्रतिनिधिसभाको चुनाव लड्न जुर्मुराएका छन् । केहीले स्वतन्त्र उम्मेदवारीको घोषणा पनि गरिसके । यही मेलोमा लोकप्रिय सञ्चारकर्मी रवि लामिछाने र उनका सहोदर दाईसमेत रहेका सञ्चारकर्मी हरिशरण लामिछानेले पनि संघीय संसदको निर्वाचनमा उम्मेदवार हुने घोषणा गरेका छन । हरिशरण लामिछानेलेले सो उम्मेदवारका बारेमा औपचारिक घोषणा केही समयमा नै गर्नेसमेत जनाएका छन ।

Advertisement 1

‘३ दशक भन्दा लामो संचारकर्मको परिस्कृत अनुभवबाट मेरो अन्तस्करणले मलाई सिंहदरबारबाट बाहिरिएर देश र जनताको सेवामा फरक भूमिकामा पेश हुन थप प्रेरित गरेको छ,’ सञ्चारकर्मी लामिछानेले भनेका छन, ‘परिवर्तन सम्भव छ भन्ने मान्यतासहित आगामी संसदीय निर्वचनमा प्रतिस्पर्धा गर्ने तयारीमा छु, सबैको साथ र समर्थनमा यो अभियानमा होमिने छु ।’ बिस्तृत कार्ययोजना र उम्मेद्बारीको औचित्यबारे समयक्रममा औपचारिक घोषणा हुने उनले जनाएका छन ।

भक्तपुर नगरकोटका स्थायी बासिन्दा लामिछाने निर्वाचन क्षेत्र भने घोषणा गरिसकेका छैनन । रवि लामिछाने पनि काठमाडौंमा चुनाव भिड्न आँटेको चर्चा व्याप्त भइरहेको छ । उनले ग्यालेक्सी टिभी छोडेर चुनावमा होमिन लागेको भन्दै केही अनलाइनले समाचार पनि लखेका छन् ।

प्रकाशित :२०७९ जेष्ठ २७, शुक्रबार १०:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry