पाहुनाको स्वागतका लागि खादा र फूलको खरिदलाई निषेध

सशस्त्र प्रहरी बलका युनिटहरुमा पाहुनाको स्वागतका लागि खादा र फूलको खरिदलाई निषेध गरिएको छ ।

Advertisement 1

सरकारको अनावश्यक खर्च नगर्ने नीति अनुसार आगन्तुकको स्वागतका लागि खादा र फूल खरिद नगर्ने नीति अख्तियार गरिएको सशस्त्र प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र खड्काले बताए ।

सोमबार सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हल्चोकमा आयोजित पत्रकार सम्मेलनमा खड्काले भने, ‘देशैभरका युनिटमा सोही अनुसार खादा र फूल खरिद नगर्न परिपत्र गरेका छौं ।’ उनका अनुसार फूल दिनै परे स्थानीय स्तरमा उपलब्ध दिन निर्देशन दिइएको छ ।

Advertisement 2

त्यस्तै उनले प्रति आतंकवाद इकाई गठन गरेर काम प्रारम्भ गरिएको बताए । प्रति आतंकवाद इकाई कार्य विभागमा अन्तर्गत राखिएको छ । प्रतिआतंकवाद इकाईमा काम गर्ने अधिकारीहरूलाई कार्य तालिका बनाएर तालिम प्रदान गर्न लागिएको एसएसपी खड्काले जानकारी दिए ।

प्रकाशित :२०८० बैशाख १८, सोमबार १८:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry