लमजुङका प्रतिनिधिलाई न कसैको भर न कसैको डर

अञ्जनकुमार। आज  २७ गतेदेखि २९ सम्म चल्ने नेकपा एमालेको ११ औ महाधिवेशनमा लमजुङबाट प्रतिनिधित्व गर्ने डेढ दर्जन महाधिवेशन प्रतिनिधिले कसको पक्षमा खुल्ने हुन खासै एकिन नभएपनि महासचिवको आंकाक्षी बनेका उपमहासचिव तथा निवर्तमान सूचना तथा संचार प्रबिधि मन्त्री पृथ्वीसुब्बा गुरुङको आफ्नै गृह जिल्लामा उनको इन्टेष्ट भन्दा फरक महाधिवेशन प्रतिनिधि चयन भएको बताइन्छ ।

Advertisement 1

विगतमा जस्तो यसपालि सहमतिको लागि खासै प्रयास गरिएन । खुला प्रतिस्पर्धाबाट जो-जो आउछन् आउछन् भन्दै कार्यकर्तालाई छनौटको जिम्मा दिइयो । ज्म्मा जम्मी १० प्रतिनिधिका लागि ३४ जना प्रतिस्पर्धामा उत्रिएका प्रतिनिधि बीच निकै रस्साकस्सी चलेको मात्रै हैन कुनै कुनै उम्मेदवारहरुले गत १३ गते भएको प्रतिनिधि छनौटको निर्वाचनमा मुर्दावादकै नारा लगाए । लमजुङमा गुरुङको बाहुल्य र केन्द्रीय नेतादेखि जिल्ला इन्चार्जसमेत गुरुङ जातिको भएतापनि प्रतिस्पर्धामा उत्रिएका प्रेम घले, अर्जुन गुरुङ , जीत बहादुर गुरुङ, भिम बहादुर गुरुङ र आलोक गुरुङ पाचैजना गुरुङ सो परिक्षामा फेल भए । ०८० चैत्रमा सम्पन्न ९ औ जिल्ला अधिवेशनमा पृथ्वीसुब्बा गुरुङभर्सेज खगराज अधिकारी जस्तो महाधिवेशन प्रतिनिधि छनौट निर्वाचनमा प्यानल नगरिएपनि पियस निकट मानिएका अर्थात् केन्द्रमा केपी ओली समर्थक भन्दा इतर पक्ष यो निर्वाचनना हावी भए । ९ औं जिल्ला अधिवेशनमा पियस एण्ड ग्रुपले देख्नै नचाहेका सुभाष पौडेल र कृष्णप्रसाद अधिकारीले सर्वाधिक मत ल्याएर महाधिवेशन प्रतिनिधि चुनिए । स्थायी कमिटी सदस्य खगराज अधिकारी गुटका मानिएका सुभाष र कृष्णलाई हराउन भएभरका नेता लागेका लाग्दा लाग्दैपनि लोकप्रिय मत पाएका यी दुई भाइले प्रतिनिधि छाना निर्वाचनमा सर्वाधिक मत पाए । जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य जमिन्द्रमान घले अहिले  सुभाष पौडेलका लागि दाहिना बने ।

 

Advertisement 2

जेनजी आन्दोलनपछि गत कार्तिक अन्तिमसाता लमजुङ पुगेर आन्दोलनकारीहरुले आफ्नो घर भाँडाकुँडा, लगाउने कपडादेखि सबै जलाइएको भन्दै निकै बिलौना गरेपनि त्यसले सहानुभूति भन्दा खुच्चिङ ठोक्नेहरुको कमि भएन । त्यसैको असर महाधिवेशन प्रतिनिधि छनौट निर्वाचनपनि देखियो । पियसका खास मान्छे ठानिएका क्व्होलासोथर गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रेम बहादुर घले, मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, युवा संघका केन्द्रीय सदस्य गोबिन्द बस्नेत, जिल्ला उपसचिव विवश बुढाथोकी, प्याब्सन लमजुङका अध्यक्ष समेत रहेका एमाले जिल्ला कमिटी तथा लेखा समिति संयोजक ईश्वर पौडेल, पुर्व उपाध्यक्ष भिम गुरुङ पराजित भए ।  युवा सदस्यमा जुन तामाङको काउन्टर दिनभन्दै पियसले रोशन तामाङलाई प्रतिस्पर्धामा उतारेको केही घण्टामै रोशनले पनि जून तामाङको समर्थनमा आफ्नो उम्मेदवारीफिर्ता लिए । । १ जना प्रतिनिधिका लागि जून तमाङ, सुमन श्रेष्ठ, राजेन्द्र अधिकारी र रोशनले मनोनयन दर्ता गराएका थिए । सुमन श्रेष्ठ र राजेन्द्र अधिकारी खगराज गुटका मानिन्थे । जून जमिन्द्रमान पक्षका । अंन्तिम प्रतिस्पर्धामा राजेन्द्र र जून । जून तामाङले राजेन्द्रलाई लज्जास्पद पराजित गर्दै बिजयी भए ।
खुल्ला ४ जना प्रतिनिधिको लागि १८,  महिला ३ जनाको लागि ८, युवा १ जनाको लागि ३, दलित २ जनाको लागि ३ जना प्रतिस्पर्धा थिए । जसमा सुभाष पौडेल , कृष्णप्रसाद अधिकारी , युवराज अधिकारी (दोर्दी गाउँपालिका अध्यक्ष ) र राजकुमार विष्ट पार्टी जिल्ला अध्यक्ष निर्वाचित भए । महिला यशोदा रिमाल प्रदेश सासद, लक्ष्मी अधिकारी पुर्व उपमेयर, र पद्मा गुरुङ उपमेयर बेनपा बिजयी भए । दलित तर्फ हिरालाल बिक र नन्दराम बिक बिजयी बने भने युवामा राजेन्द्र अधिकारीलाई हजार मतको फराकिलो अन्तरले पछाडि पार्दै जुन तामाङ बिजयी बने । दलित तर्फ नन्दराम र खुल्ला तर्फ युवाराज अधिकारी बाहेक बिजयी सबै प्रतिनिधि बेसीशहर नपाबाटै भए । बिजयी यी प्रतिनिधि हेर्दा लमजुङे भएका नाताले पृथ्वीसुब्बा गुरुङलाई मतदान गरेपनि बहुमत सदस्य ओली इतरका देखिन्छन् ।

१० जना निर्वाचित अलवा अन्य ८ जना गरि १८ जनाले लमजुङेहरुले महाधिवेशनमा भाग लिदै छन । जसमा जमिन्द्रमान घले (केस) मायानाथ अधिकारी (केन्द्रीय अनुशासन आयोग ) टुकाभद्र हमाल (अखिल नेपाल महिला संघ केअ) कल्पना थापा (केस) धनन्जय दवाडी (सचिब गण्डकी प्रदेश ) गणेश पाण्डे (चौतारी केअ) पुर्व माओवादी नेता गोवर्धन गौली, कतारबाट बिष्णुलाल श्रेष्ठ र अमेरिकाबाट प्रभुराम थापा छन । यी मध्ये चौतारी अध्यक्ष पाण्डे नैतिक संकटमा देखिन्छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलकै छत्रछाँयामा हुर्कदै पछिल्लो समय ओलीको बखानी पुस्तक निकालेर चौतारी अध्यक्ष बनेका पाण्डेलाई ओली र पोखरेल भिड्दै गर्दा कता टाँसिने नैतिकसंकटमा रहेको लमजुङमा चर्चा छ ।

Advertisement 3

अझ यसपटक महाधिवेशन प्रतिनिधि छनौट चुनावमा एमालेले दलितलाई अझ अछुत बनाएर मतपनि नचल्ने बनाइदियो । दलित समुदायको मतपत्रनै अलग, लाइन अलग, र ब्यालेट बक्सनि अलग । दलित मतदाताले गैरदलित उम्मेदवारलाई मतदान गर्न नपाउने नियम बसालेकोमा आपत्ति जनाउँदै डन्डबहादुर सुनार, हरिबहादुर बिकहरुले मतदान स्थलमै एमाले मुर्दावादको नारा लगाए । अझ, दु:खद घटना जेनजी आन्दोलनमा सबैभन्दा तार्गेटमा परेर पनि जोगिएको एमाले कार्यालय पार्टी कार्यालय आफ्नै कार्यकर्ताबाट भने घाइते भयो । मतगणना हुँदै गर्दा १०/११ बजेतिर कार्यालय बाहिर बसेका एक हुल कार्यकर्ताले कार्यालयमा ढुङ्गा प्रहार गरी झ्यालका सीसा फुटाइदिए । मतदानको बेला समेत हुलहुज्जतमा उत्रन खोजेका, मतपत्र नै च्यात्न खोजेका तिनै कार्यकर्ताले राति कार्यालयमा ढुङ्गा प्रहार गरेको आरोप छ । भने, उनीहरुबाटै जिल्ला कमिटीका सदस्य तथा वडा अध्यक्ष समेत रहेका ऋषि बस्नेतले कुटाई खाएको बताइन्छ । उनै बस्नेतले २३ गते बसेको जिल्ला कमिटीको वैठकमा आफुमाथि हातपात र दुर्व्यवहार गरिएको बारे प्रश्न उठाएका थिए । हिजो ( मसीर २३ गते) बसेको जिल्ला कमिटी वैठकले लगातार तीनवटा वैठकमा उपस्थिति नहुने जिल्ला सदस्यलाई स्वतह हटाइने जनाएको छ भने

प्रकाशित :२०८२ मंसिर २७, शनिबार ११:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry