वायु सेवा निगमका महाप्रबन्धक पौडेल बर्खास्त
सरकारले नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेललाई बर्खास्त गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई बर्खास्त गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।
Advertisement 1
निगममा भएका कामकारबाहीलाई लिएर सोधिएका स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएको भन्दै मन्त्रिपरिषद्ले पौडेललाई बर्खास्त गर्ने निर्णय लिएको हो । एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पौडेललाई नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा नियु्क्त गरेको थियो । उनको नेतृत्वमा निगमलाई निजीकरण गर्ने प्रक्रिया अघि बढेको थियो । निगमलाई निजीकरण गर्न खोजिएपछि निगमका कर्मचारी आन्दोलनमा उत्रिएका थिए ।
देउवा नेतृत्वको सरकारमा आले पर्यटनमन्त्री बनेर आएपछि निगमलाई निजीकरण गर्न नहुने भन्दै प्रक्रिया रोकिएको थियो ।
Advertisement 2
पौडेललाई राष्ट्रिय सम्पतिलाई निजीकरण गर्न लागेको, निगमको व्यवस्थापन लगायतका विषयमा सरकारले स्पष्टिकरण माग गरेको थियो ।