अब भ्रष्टाचारका ठूला फाइल खोल्छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारका ठूला फाइल अझै खोल्ने बताएका छन् ।रोल्पा अस्पतालको ५० शैय्याको भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले सुशासन सरकारको पहिलो प्राथमिकता भएकाले भ्रष्टाचारको अन्त्यका लागि सरकार अघि बढिरहेको बताए ।

Advertisement 1

सरकारले मिटरब्याजीदेखि नक्कली भुटानी शरणार्थी प्रकरणसम्म आइपुग्दा सरकारले भ्रष्टाचारका ठूला फाइल खोलेको उल्लेख गर्दै दाहालले अझै ठूला फाइल खोल्न रोल्पाली जनताको साथ चाहिएको बताए ।

आफू चीन भ्रमणमा जाादा कृषि उत्पादन वृद्धि र प्रविधिको प्रयोगका सम्बन्धमा भएका सम्झौतामध्ये एउटा आयोजना रोल्पामा ल्याउने प्रतिबद्धता पनि उनले जनाए ।त्यसअघि दाहालले रोल्पाको थवाङ गाउँपालिकास्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुका साथै थवाङ खोला पुलको पनि उद्घाटन गरेका थिए ।

प्रकाशित :२०८० कार्तिक २४, शुक्रबार २१:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry