श्रमिक अस्पताल स्थापनाका लागि अध्ययन

सरकारले स्थापना गर्न लागेको श्रमिक अस्पतालका लागि सम्भाव्य स्थानको खोजी गर्न थालिएको छ । १ हजार शय्याको उक्त अस्पताल स्थापनाका लागि न्यूनतम १० बिघा क्षेत्रफल जमिनको आवश्यकता छ ।

Advertisement 1

श्रम मन्त्रालयका सहसचिव दीपक काफ्लेको संयोजकत्वमा खटिएको सुझाव समितिले पछिल्लोपटक भैरहवा आई सरोकारवाला निकायसँग छलफल तथा परामर्श थालेको छ । कार्यान्वयन कसरी गर्ने भन्नेबारेमा श्रम मन्त्रालयका सहसचिव काफ्लेको संयोजकत्वमा स्वास्थ्य, वन र भूमि मन्त्रालयका प्रतिनिधिसहित छलफल तथा सुझाव समिति गठन गरेको थियो ।

‘सरकार श्रमिक अस्पताल निर्माणका लागि प्रारम्भिक चरणको कार्यमा जुटेको छ,’ सहसचिव काफ्लेले भने, ‘श्रमिक अस्पताल स्थापनका लागि कुन स्थान उपयुक्त हुन्छ भन्नेबारेमा खोजी र अस्पताल सञ्चालन विधिका बारेमा विभिन्न निकायको परामर्श र सुझाव लिइरहेका छौं ।’

Advertisement 2

 

 

प्रकाशित :२०७९ जेष्ठ २२, आईतवार १२:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry