खाने तेलमा दूगड समुहको कालोबजारी :-निरिह बन्यो सरकारी संयन्त्र

केएल दूगड समूहले खाने तेलमा कालोबजारी गरिरहेको छ । यस अघि समेत भारतले नाकाबन्दी लगाएको समयमा दूगडको खाने तेलमा कालोबजारी गरेको थियो । अहिले कोरोना कहरकै समयमा समेत उस्ले पूरानै रबैया देखाएको छ ।
यस अघि भारतले अघोषित नाकाबन्दीको बेलाको फाइदा उठाउँदै केएल दुगड ग्रुपले खाने तेलमा कालोबजारी गरेको भन्दै यसको जडिबुटीस्थित गोदाममा छापा मार्नुका साथै उद्योगका प्रवन्धकलाई पक्राउ गरेको छ ।

Advertisement 1

खानेतेलमा कालोबजारी गरिएको भेटिए पछि तत्कालीन सिडिओ एकनारायण अर्यालले एक्सन लिएसँगै पाँच ट्रक खानेतेल, प्रवन्धक अमन जैन र कर्मचारी प्रमोद अधिकारीलाई पक्राउ गरेको थियो । यस्तै ग्रुपका अध्यक्ष किशन दुगड, प्रवन्ध निर्देशकहरु कुमुद दुगड र विकास दुगड पक्राउ गर्न पक्राउ पुर्जी काटिएको थियो । उद्योगका साथै संलग्न सबैलाई कालोबजारी ऐन अनुसार कारवाही अगाडि बढाइएको थियो । त्यो समयमा दूगड ग्रुपद्धारा उत्पादित तेलको मूल्इ एकै चोटी दोब्बर बनाइएको थियो । सनफ्लोर तेलको प्रतिलिटर मूल्य झण्डै तीयसय रुपियाँ पुर्याइएको छ । नाकाबन्दीअघि एकसय २५ रुपियाँ मात्रै थियो ।

अहिले कोरोना कहरमा एकै पटक खानेतेलको मूल्य बढाएर उपभोक्ताको ढाड सेक्दै छ । दूगडद्धारा उत्पादिनत खाने तेलको मूल्य एक साता यता खाने तेलको मुल्य १० रुपैयाँदेखि ३० रुपैयाँसम्म बढाइएको पाइएको छ । यस्तै एक कार्टोन खाने तेलको मुल्य एकसय देखि एकसय चालिस रुपैयाँसम्म बढाइएको छ ।

Advertisement 2

खुद्रा व्यापारीहरुका अनुसार केएल दुगर समुहले उत्पादन गरेको धारा हेल्थ सनफ्लावर तेलमा प्रतिलिटर ४० रुपैयाँ सम्म बढाइएको छ । अमृत सोयाबिन तेल र धारा तोरीको तेलमा पनि २० रुपैयाँसम्म बढाईएको छ । केही समयअघि प्रतिलिटर २०५ रुपैयाँ रहेको धारा हेल्थ सनफ्लावर तेलको मुल्य ३० रुपैयाँ बढाएर २३५ रुपैयाँ सम्म बनाइएको छ ।

मोतिलाल दुगरको स्वामित्व रहेको के एल दुगर समुहले उत्पादन गरेको धारा, सनफ्लावर लगायत तेलको गुणस्तरियतामाथि समेत पटक पटक प्रश्न उठ्ने गरेको छ । खानेतेलमा उपभोक्तामाथि चरम ठगी गर्दै आएका दुगर सनराईज बैंकका समेत अध्यक्ष हुन् ।

Advertisement 3

यसरी खानेतेलको मूल्य एकै पटक प्रति लिटर ३० रुपैंया बढाइँदा समेत उपभोक्तावादीहरु चुप छन् । सरकारी संयन्त्र कुनै एक्सन चाल्दैन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग,काठमाडौं जिल्ला प्रशासनदेखि, प्रहरीजस्ता निकायसमेत मौन रहँदा खानेतेलमा कालोबजारी गर्दै आएका दूगडको मनोवल बढ्ने नै भयो ।

प्रकाशित :२०७७ मंसिर २४, बुधबार १५:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry