सेवाग्राहीसँग घुस लिएको आरोपमा नापी कार्यालयका अमिन प्रकाउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले नापी कार्यालय भैरहवाका अमिन टेकबहादुर रायमाझीलाई ३० हजार रुपैयाँ घुस सहित पक्राउ गरेको छ।

Advertisement 1

आयोगको टोलीले मंगलबार बिहान १०ः३० बजे सिद्धार्थनगर नगरपालिका-५ को ३ नं.नापी टोली कार्यालयको सरकारी निवासबाट रायमाझीलाई नियन्त्रणमा लिएको हो।

अमिन रायमाझीले सेवाग्राहीको जग्गाको हाल साविक मिलाइदिने नाममा ३० हजार रूपैयाँ घुस लिएको खुलेको छ। घुससहित उनी रंगेहात समाएिका हुन्।

प्रकाशित :२०७९ जेष्ठ १७, मंगलवार १३:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry