राहदानी विभागले आइतबार पनि सेवा दिने

परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले आइतबार पनि सेवाग्राहीलाई सेवा प्रदान गर्ने भएको छ । विभागले आज एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । सरकारले जेठ १ गतेबाट हप्ताको दुई दिन शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय कार्यान्वयनमा ल्याएको थियो ।
Advertisement 1
जारी सूचनामा भनिएको छ, ‘विद्युतीय राहदानी सहज रुपमा उपलब्ध गराउने नेपाल सरकारको नीति तथा कार्यक्रम रहेको सन्दर्भमा राहदानी विभागमा सेवाग्राहीको चाप उल्लेखनीय रुपमा बढीरहेकोले सार्वजनिक विदाको दिन समेत राहदानी सेवा प्रदान गरी सेवाग्राहीहरुलाई सहज र सरल तवरले राहदानी उपलब्ध गराउन यही २०७९ जेठ १५ गते आइतबार देखि अर्को व्यवस्था नभएसम्म प्रत्येक हप्ताको आइतबार बिहान १०:०० बजे देखि अपरान्ह ०४ स्०० बजेसम्म विभाग खुल्ने र राहदानीको लागि आवेदन दिई सम्बन्धित दिनको मिति र समय बुकिङ गर्नुहुने सेवाग्राहीहरुलाई उक्त समयमा विभागले राहदानी सम्बन्धी सेवा प्रदान गर्न गैरहेको व्यहोरा अनुरोध छ ।’