स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक हटाइए
सरकारले स्वास्थ्य बिमा बोर्डका निर्देशक डा. दामोदर बसौलालाई बर्खास्त गरेको छ । बसौलालाई तीन बर्ष अघि बोर्डको कार्यकारी निर्देशकमा नियुक्ति दिइएको थियो । जिम्मेवारी अनुसार काम गर्न नसकेको भन्दै उनलाई बर्खास्त गरिएको हो ।
Advertisement 1
स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले यसअघि २६ असोजमा विभिन्न आरोप लगाउँदै डा. बसौलालाई तीन महिनाका लागि निलम्बन गरेका थिए । तर सो निर्णय विरुद्ध डा। बसौला १७ कात्तिकमा सर्बोच्च अदालत गए । सर्बोच्चले ६ पुसमा निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो । सो निर्णय लिएर डा. बसौला ८ पुस देखि पुन काममा फर्किएका थिए ।
यही माघ ९ गते मन्त्रिपरिषद्को बैठकबाट उनलाई निर्देशकको जिम्मेवारीबाट हटाउने निर्णय गरिएको हो ।
प्रकाशित :२०८० माघ १७, बुधबार ०६:४५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%