अस्पतालका निर्देशकदेखि महाशाखा प्रमुखसम्मको जिम्मेवारी हेरफेर गर्दै स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च कर्मचारीहरुको सरुवा गर्ने तयारी गर्दैछ । केही अस्पतालका निर्देशक र महाशाखा प्रमुखहरुको सरुवा गर्न अन्तिम तयारी भइरहेको छ ।

Advertisement 1

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल सुधारमा लागेका अस्पताल निर्देशक डा अनुप बास्तोलालाई हटाउने प्रक्रिया अघि बढेको छ । मन्त्रालय स्रोतका अनुसार बास्तोलालाई सार्क क्षयरोग केन्द्रमा पठाएर उनको स्थानमा डा मनिषा रावललाई पठाउने तयारी चल्दैछ ।

मन्त्रालयका अनुसार, थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालकी निर्देशक डा संगीता मिश्रलाई मन्त्रालयमा तानेर त्यहाँ रीता भण्डारीलाई पठाउने तयारी चल्दैछ ।

Advertisement 2

यस्तै सार्क क्षयरोग केन्द्रको निर्देशकबाट तारा पोखरेललाई मन्त्रालयमा तानेर नीति, योजना तथा अनुगमन महाशाखाको जिम्मेवारी दिने तयारी भइरहेको छ । उता गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा अनुज भट्टचनलाई पठाउने अन्तिम गृहकार्य भइरहेको छ । यता स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख केदार पराजुलीको ठाउँमा ललित थापालाई लैजान खोजिएको छ ।

स्वास्थ्य सचिव डा रोशन पोखरेल विश्व स्वास्थ्य संगठनको कार्यक्रममा भाग लिन जेनेभा उड्नु अगावै अस्पतालका निर्देशक र महाशाखा प्रमुखहरुको सरुवाको फाइलमा हस्ताक्षर गरेर हिँडेका मन्त्रालयले जनाएको छ ।

Advertisement 3

मन्त्रालय स्रोतका अनुसार स्वास्थ्य सचिव डा रोशन पोखरेल विश्व स्वास्थ्य संगठनको कार्यक्रमका लागि शनिबार नै स्वीजरल्यान्डको जेनेभा प्रस्थान गर्नु अगावैं केही अस्पतालका निर्देशक,महाशाखा प्रमुखहरुको  सरुवाको फाइलमा हस्ताक्षर गरेर मन्त्री विरोध खतिवडा कहाँ पठाइसकेका छन्।

सम्भवत आज वा भोलीमै सरुवा भएका कर्मचारीहरुले पत्र पाउने मन्त्रालय स्रोतको भनाई छ ।

प्रकाशित :२०७८ मंसिर १२, आईतवार १०:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry