लोकसेवाले माग्यो २६७ कर्मचारी :- ४५ बर्षकाले आवेदन दिन सक्ने,बहालवालालाई उमेरले नछेक्ने

सूदुरपश्चिम लोकसेवा आयोगले ठूलो संख्यामा कर्मचारीका लागि विज्ञापन खुलाएको छ । आयोगले प्रदेश निजामती सेवाका स्वास्थ्य तर्फका चौथो तहका प्राविधिक पदको खुला तथा समावेशीतर्फ प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको हो ।
जसअनुसार,अनमी,स्वास्थ्य पब्लिक हेल्थ नर्सिङ खुला,महिला,आदिबासी जनजाती,मधेसीकोटाबाट विज्ञापन खुलाइएको छ । यस्तै वैद्य,स्वास्थ्य आर्युवेद,जनरल,ल्याब असिस्टेन्ट र अहेब गरी २९ जना माग गरिएको छ भने अन्य सेवा समूहमा गरी थप २३७ जना माग गरिएको छ । आयोगले एकै पटक स्वास्थ्य सेवातर्फ २६६ जनाका लागि विज्ञापन खोलेको हो । आयोगका अनुसार,विज्ञापनको फाराम अनलाइनबाटै भर्न सकिने जनाइएको छ । आगामी जेठ ३१ सम्म साधरण दस्तुर र असार सात गतेभित्र दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिनेछ । प्रत्येक विज्ञापनका लागि दरखास्त दिँदा ३०० लाग्ने समावेशीताको हकमा थप १५० शुल्क लाग्ने आयोगले जनाएको छ । आयोगका अनुसार १८ बर्ष उमेर पूरा भइ ४५ बर्ष ननाघेकाले आवेदन दिन सक्नेछन् । बाहलवाला स्थायी निजामती कर्मचारीलाई उमेर हद नलाग्न्े सूचनामा उल्लेख गरिएको छ ।

स्वास्थय चौथो तह बिज्ञापन_ Edit_final
प्रकाशित :२०७९ जेष्ठ ११, बुधबार ११:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry