त्रिभुवन पार्कको ५० रोपनी जग्गा कौडीको भाउमा भाडामा

वाग्मती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले त्रिभुवन पार्कको ५० रोपनी जग्गा कौडीको भाउमा भाडामा दिएको पाइएको बताउनुभएको छ ।

Advertisement 1

पार्कको १६६ रोपनी जग्गामध्ये ५० रोपनी जग्गा मासिक प्रतिरोपनी रु नौ हजार १५० पाउने गरी फनपार्क निर्माणका लागि निजी कम्पनीलाई दिएको पाइएको उहाँले जानकारी दिनुभयो । वार्षिक रु ५४ लाखमात्र आउने गरी २० वर्षको लागि सम्झौता गरिएको यो घटनाको छानबिन समिति गठन गरी सत्यतथ्य बाहिर ल्याउन मुख्यमन्त्रीसँग माग गरेको मन्त्री श्रेष्ठले सुनाउनुभयो ।

सरकारी जग्गा कौडीको भाउमा भाडामा लगाएको घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न मन्त्रालयले निरन्तर काम गर्ने भएको छ । त्रिभुवन पार्क स्मारक समितिले सो जग्गा एक्सेलसियर इन्फरमेसन टेक्नोलोजी एन्ड ट्रेड कन्सर्टलाई अवैध प्रक्रियाबाट भाडामा दिएको जनाइएको छ । पार्कको मन्त्री श्रेष्ठ, सचिव मदन कोइराला र आयोजना प्रमुख विष्णु भण्डारीले अवलोकन गर्नुभएको छ ।

Advertisement 2

सस्तो दरमा जग्गामा भाडामा लिएको कम्पनीले पार्क क्षेत्रमा व्यवसाय सञ्चालन गरेको अवलोकनका क्रममा भेटिएको थियो ।

प्रकाशित :२०७९ जेष्ठ १०, मंगलवार १८:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry