वैशाख २ गतेदेखि जुम्लामा आर्थिक गणना

जुम्ला। आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म जुम्लामा आर्थिक गणना हुने भएको छ। आर्थिक गणना कार्यालयका अनुसार गणनाका लागि १७ जना गणक र तीन जना सुपरीवेक्षक परिचालन गरिने छन्।

Advertisement 1

आर्थिक गणना कार्यालयका प्रमुख दीपेन्द्रसिंह धामीका अनुसार जिल्लामा दर्ता भएका कृषि, वन तथा माछापालनसँग सम्बन्धित उद्योगसहित विभिन्न प्रतिष्ठानको विस्तृत विवरण सङ्कलन गरिने छ।

आर्थिक गणना २०७५ को तथ्याङ्कअनुसार जिल्लामा १ हजार ५६९ व्यापारिक प्रतिष्ठान, १ हजार २४६ सेवा प्रतिष्ठान र २६३ उद्योग प्रतिष्ठान सञ्चालनमा छन्। यहाँका ८ वटा स्थानीय तहमध्ये चन्दननाथ नगरपालिकामा सबैभन्दा बढी एक हजार ५८ उद्योग दर्ता छन्। गुठिचौर गाउँपालिकामा सबैभन्दा कम २१० उद्योग दर्ता छन्।

Advertisement 2

यसैगरी, कनकासुन्दरीमा ३७४, तिलामा ३५८, पातारासीमा ३०८, सिँजामा २९२, तातोपानीमा २६७ र हिमामा २११ प्रतिष्ठान रहेको आर्थिक गणना कार्यालय प्रमुख धामीले बताए। यसपटक जुम्लामा वास्तविक र अद्यावधिक आर्थिक अवस्था झल्काउने गरी गणना गरिने जिल्ला आर्थिक गणना कार्यालय जुम्लाले जनाएको छ।
–––

प्रकाशित :२०८२ चैत्र १८, बुधबार १०:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry