मत परिणामले दिएको सन्देश

बैशाख ३० मा सम्पन्न स्थानीय तहको परिणाम आउने क्रम जारी छ। यो परिणाम ले दिने सन्देशको प्रतीक्षा गर्न पूरै मतको परिणामको पर्खिरहन जरूरी छैन। हाल सम्म करीव ५०% मतको परिणाम आई सकेको छ। यसका आधारमा मत परिणामको सन्देश आंकलन गर्न सकिन्छ।

Advertisement 1

यस पटकको परिणामले हाल सम्म केन्द्रमा हाली मुहाली गरेका नेतालाई मतदाताले रूचाएको पाईएन। डडेलधुरा, झापा, चितवन , रौतहटका गरिएका मतदानले यसलाई पुष्ट्याई गर्छ।
यसै गरी पार्टीले दिने उम्मेद्वारीमा ईमान्दार र त्यागी कार्यकर्तालाई महत्व नदिएका कारण यस पटक स्वतन्त्र रूपमा उठ्नेको संख्या बढेको मात्र नभै धनगढी, जनकपुर जस्ता नगरमा यिनीहरूले बटुलेको लोक प्रियतालाई हेरे पुग्छ। तुलनात्मक रूपले कम मत प्राप्त गरे पनि भरतपुरका मेयरका स्वतन्त्र उमेद्वार पनि आकर्षणको केन्द्रमा छन्।
त्यसै गरी राजनीति प्रति यूवाहरूमा वितृष्णा बढ्दै गएको परिवेशलाई चिर्दै काठमाण्डौमा देखिएको बालेन शाह उपरको आकर्षणलाई समेत नजर अन्दाज गर्न मिल्दैन।
त्यसै गरी नेपालमा बहुदलीय प्रजातन्त्रको पुनर्स्थापना र त्यस पछि गणतन्त्र आई सके पछि जनताका नेता हौं भन्नेले राम्रो काम नगरी दिदा त्यसको अशर शासन ब्यबस्थामा समेत पर्न लागेको देखिदैछ र यसको अशर मतपरिणाममा पनि देखिदैछ। हामी नेपालीहरूमा एउटा ठूलो कमजोरी के छ भने हामी आफ्नो कमजोरी महसुस गर्न र त्यसलाई सुधार्न चाहदैनौ र त्यसको दोष अरू उपर वा भनौ भने ब्यबस्था उपर लगाउन खप्पीस छौ तर अब यो कुरा मतदाताले राम्ररी बुझी सकेका छन्। किनभने अहिलेका मतदाता २१ औं शताब्दीका हुन र यिनीहरु यस समयको विज्ञान र प्रविधिको जानकारी पाउन सक्षम छन् बरू यो सीप र ज्ञानमा हाम्रा नेता भनाउदाहरू पछाडि हुन सक्छन्। यस परिवेशमा पार्टीले चुनावका वेला पस्किने घोषणापत्र र उम्मेद्वारका आश्वासनले मतदानमा केही फरक पार्न सक्दैन। त्यसैले पार्टी र नेताले चाहे जस्तो मत परिणाम आई रहेको छैन। यसबाट नेताले ब्यबस्था बदल्ने तिर हैन आफूलाई बदल्ने तिर लाग्नु पर्छ।
अहिले चुनावमा गरिएको गठवन्धनले पनि यो मत परिणामलाई ब्यापक रूपमा अशर पारेको पाईन्छ। किनभने यसरी गरिने गठवन्धनले मतदाताको स्वतन्त्रतालाई नियन्त्रण गरेको पाईन्छ। त्यस्तै यो गठवन्धनमा ईमान्दारिता पनि देखिएन। किनभने गठबन्धनका उम्मेद्वार बीच भएको मतपरिणामले मतदाताको ईमान्दारितालाई उजागर गरेको पाईन्छ।

त्यसै गरी हामीले संघीय शासन ब्यबस्था ल्याएका छौ तर हाम्रो मानसिकता केन्द्रीय हस्तक्षेपमा लिप्त छ। किनभने स्थानीय तहमा को लोकप्रिय छ भन्ने तर्फ हेक्का नराखी आफ्नो आज्ञालाई शीरोपर गर्ने वा स्वार्थमा लाग्नेलाई उम्मेद्वारी दिलाउने प्रवृत्ति बढेको छ तर यसलाई मतदाताले स्वीकार नगरेको तथ्य मत परिणाममा उजागर भएको छ।

Advertisement 2

यो चुनावमा हाम्रा शीर्ष नेताहरूको दिमागी दरिद्रता नराम्ररी उदांगिएको छ जसले गर्दा मतदाता भड्किएको अवस्था छ र यो आकृति मत परिणाममा समेत देखिएको पाईन्छ।
फेरि हामीले गराउने हरेक पटकको चुनावका मतपत्र, मतदानका तरीका मतदाता प्रेमी छैनन् भन्ने स्पष्ट हुदा हुदै पनि त्यसलाई सुधार्न प्रभावकारी कदमहरू चालिएनन् जसका कारण मतदाताको सहभागिता हरेक चुनावमा घट्दै गएको पाईन्छ। हामीले मतदाता शिक्षामा गरिएको लगानी खेर गै रहेको छ। किनभने यस पटक पनि बदर मतको संख्या उल्लेख्य छ। यसरी मतदाता र सरकारको ठूलो लगानी रहेको मतदान कार्यलाई मतदाता प्रेमी बनाउनु पर्ने देखिन्छ।
मतदानका विषयमा यति कुरा गरी सके पछि हालको विज्ञान र प्रविधिले सहज बनाएको र विश्वमा प्रभावकारी प्रमाणित भै सकेको अन् लाईन भोटिंगको प्रसंग ल्याउन जरूरी हुन्छ। हाम्रो जस्तो देशमा समेत अन् लाईन भोटिंगको ब्यबस्था सन्चालनमा ल्याउन ढिला भै सकेको छ। वास्तवमा एक मतले निकै परिवर्तन गर्न सक्छ भने करीव एक तिहाई बाहिरिएको मतदातालाई अन् लाईन भोटिंगको माध्यमले चुनाव संग जोड्न सकियो भने यसले दिने परिणामले निश्चय पनि फरकपन र सकारात्मकता दिन सक्छ।

त्यसै गरी हाम्रो सम्विधान मै स्थानीय तह संघीय चुनावको मिति नै तोकिदिएर मतदातालाई चुनाव प्रति आश्वस्त बनाउनु पर्ने देखिन्छ। चुनावहरू राजनीतिक पक्ष हुदा हुदै पनि यसलाई राजनीतिक पार्टी र नेताको चलखेलको विषय बन्न दिनु हुदैन।

Advertisement 3

अन्त्यमा, अब आउने चुनावहरूमा हाल सम्म देखा परेका मतदान सम्बन्धमा देखा परेका कमी कमजोरी सुधार गरी मतदान कार्यलाई मतदाताप्रेमी बनाउन सम्बन्धित सबैको ध्यान जाने अपेक्षा गरिन्छ।

प्रकाशित :२०७९ जेष्ठ ३, मंगलवार २२:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry