अख्तियारको कारवाहीमा परेका व्यक्ति उदयपुर सिमेन्ट उद्योगको महाप्रवन्धकमा सिफारिस

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मन्त्रालयले उदयपुर सिमेन्टको महाप्रबन्धकका लागि तीन जनाको नाम सिफारिस गरेको छ ।जसमध्ये एक छन् अख्तियारबाट कारवाहीमा परेका ।

Advertisement 1

उद्योग मन्त्रालयको सिफारिस समितिले गोपीकृष्ण न्यौपाने, ध्रुवबहादुर देवकोटा र भूपेन्द्रप्रसाद अर्यालको नाम सिफारिस गरेको हो । जसमध्ये अख्यिार दुरुपयोग अनुसन्धान आयोगको कारवाहीमा परेका व्यक्ति हुन् ध्रुब बहादुर देवकोटा । देवकोटामाथि उदयपुर सिमेन्ट उद्योगमा रहँदा अनियमितता गरेको चार्ज लाग्दै आएको छ ।
देवकोटाले उदयपुर सिमेन्टबाटै अवकाश पाएका कर्मचारी हुन् । उनी उद्योगको खरिद तथा प्रशासन महाशाखा प्रमुख पदबाट अवकाश पाएका ।
उनीमाथि अनुसन्धान चलेपछि दोषी ठहरी बिभागीय कारबाही समेत भएको थियो । स्रोतका अनुसार त्यतिबेला एक ग्रेड घटुवामा परेका थिए ।
उदयपुर सिमेण्टको रिक्त महाप्रबन्धकको पदपूर्ति गर्नका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति र मनोनयन सम्बन्धि निर्देशिका, २०७७ बमोजिम खुल्ला प्रतिस्पर्धाका आधारमा नियुक्त गर्ने प्रक्रिया अघि बढाई २०७७ साल भाद्र १ गते सूचना प्रकाशित गरेको थियो ।

मन्त्रालयका सचिव चन्द्र कुमार घिमिरेको संयोजकत्वमा गठित सिफारिस समितिमा बिषय बिज्ञको रुपमा पूर्व सचिबहरु रामेश्वर खनाल, नारायण प्रसाद बिडारी र कृष्णहरि बास्कोटालाई मनोनित गरेको थियो। यसपटक यो प्रक्रिया पूरा गर्न लोकसेवा आयोगको समेत सहभागिता गराइएको थियो ।

Advertisement 2

१० जना आवेदकहरु मध्ये उक्त सिफारिस समितिले उल्लिखित प्रक्रिया पूरा गरि उच्चतम अंक प्राप्त गर्ने गोपीकृष्ण न्यौपाने, ध्रुब बहादुर देवकोटा र भूपेन्द्र प्रसाद अर्यालको गरि तीन जनाको नाम महाप्रबन्धक पदमा नियुक्तिका लागि सिफारिस गरेको हो।

प्रकाशित :२०७७ पुष २०, सोमबार ११:११

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry