सचिवहरुसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रालयका सचिव एवंम् राष्ट्रिय योजना आयोगका पदाधिकारीलाई छलफलमा बोलाएका छन्। आइतबार प्रधानमन्त्री ओलीले विषयगत मन्त्रालय र आयोगका उपाध्यक्ष तथा सदस्यहरुसँग छलफल गर्दै आवश्यक निर्देशन समेत दिने भएका हुन्।

Advertisement 1

प्रधानमन्त्री ओलीले सरकार गठन भएपछि पहिलोपटक उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेलसहित सबै मन्त्री तथा सचिव र योजना आयोगका पदाधिकारीहरूलाई निर्देशन दिन लागेका प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

सो अवसरमा सबै मन्त्रालयका सचिवहरूले आआफ्नो मन्त्रालयको वस्तुस्थिति एवं कामकाजबारे जानकारी गराउने सचिवालयले बताएको छ।

प्रकाशित :२०८१ श्रावण १३, आईतवार १२:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry